लन्डनको १७औँ नेपाली मेला : शोकलाई सेवामा बदल्दै दशौँ हजार सहभागी

लन्डन । मातृभूमि नेपाल विनाशकारी बाढीको पीडा र शोकमा रहेका बेला बेलायतको नेपाली समुदायको प्रतिष्ठित सांस्कृतिक पर्व ‘नेपाली मेला’ यसपटक विगतभन्दा फरक उद्देश्य र मानवीय सन्देशसहित सम्पन्न भएको छ। तमुधिं यूकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आइतबार केम्पटन पार्क रेसकोर्समा सम्पन्न १७औँ नेपाली मेलाले नेपाली कला, संस्कृति र पहिचान प्रदर्शनसँगसँगै बाढीपीडितको राहतका लागि आर्थिक सहयोगसमेत जुतटइएको छ। देश विपत्तिमा रहेका बेला विगतका वर्षहरूझैँ उत्सव र रमाइलो गर्ने मनस्थिति धेरैमा थिएन। तर आयोजक तमुधिं यूकेले मेलालाई केवल मनोरञ्जन र सांस्कृतिक उत्सवमा सीमित नराखी मातृभूमिमा विपद्को सामना गरिरहेका नागरिकको सहयोगसँग जोड्ने निर्णय गरेपछि यस वर्षको मेलाले नै फरक सार्थक स्वरूप लियो। बिहान

Ads
Advertisement

Gurkha Radio- गोर्खा रेडियो