दशैंको टीकाः शुभ साइत कुन देशमा कति बजे? (हेर्नुस् सूची)

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विश्वका विभिन्न देशमा यस वर्षको दशैंको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ।

शनिबार अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले प्रेस विज्ञप्ति जारी विभिन्न देशको उत्तम साइतबारे जानकारी दिएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे टीकाको उत्तम साइत रहेको जानकारी गराइसकेको थियो।

जस अनुसार, बेलायतमा अक्टुबर २ बिहान ९:१७ बजे, पोर्चुगलमा ९:२३ बजे, फ्रान्समा ९:५७ बजे, नर्वे १०:०३ बजे, भारतमा ११:४९, अमेरिकाको न्युयोर्कमा अक्टुबर १ को ११:२५, अमेरिकाको फ्र्यांकफर्ट, केन्टुकीमा ११:५७, टेक्सासमा ११:३३, क्यालिफोर्नियामा ११:११, क्यानडाको टोरेन्टोमा ११:११, अष्ट्रेलियाको सिड्नीमा ११:४३ बजेको साइत उत्तम रहेको जनाएको छ।

असोज ६ गते घटस्थापनाको दिनदेखि २०८२ सालको दशैं शुरु हुन्छ। असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ।

असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे र स्थिरासन बिहान ९:२३ बजे तोकिएको छ।

हेर्नुस् प्रेस विज्ञप्ति:

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित