दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

काठमाडौँ । यस वर्ष बडादसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान ८ः४९ बजे देवी विसर्जन गरेपछि टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्केर मान्यजनबाट टीका र जमरा ग्रहण गर्नुपर्ने समितिले जनाएको छ ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन दिनभर टीका लगाउन सकिन्छ । तोकिएको साइत विशेषगरी साइतमै टीका लगाउन चाहनेका लागि हो । राज्य सञ्चालकले भने निर्धारित साइतमै टीका ग्रहण गर्नुपर्ने उनले बताए ।

नवरात्र असोज २५ गते आइतबार सुरु हुनेछ । त्यस दिन घटस्थापनाको शुभ साइत बिहान ११ः४७ बजे रहेको छ । चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि दुवैको शान्ति गर्नुपर्ने समितिले जनाएको छ । असोज २६ गते बिहान १०ः०७ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत रहेको छ ।

असोज २९ गते पचलीभैरव यात्रा र असोज ३१ गते फूलपाती परेको छ । फूलपातीका दिन तुलजा भवानी यात्राको साइत बिहान ७ः३७ बजे र स्थिरासनमा राख्ने साइत १०ः३९ बजे रहेको छ । कात्तिक १ गते महाअष्टमी तथा सोही रात कालरात्रि मनाइनेछ । कात्तिक २ गते पनि अष्टमी तिथि रहनेछ भने कात्तिक ३ गते महानवमी परेको छ ।

विजयादशमीका दिन तुलजा भवानी यात्राको साइत बिहान १०ः५१ बजे र स्थिरासनमा राख्ने साइत ११ः५२ बजे रहेको छ । खड्गयात्रा पनि सोही दिन हुनेछ ।

कात्तिक ८ गते बलिपूर्ति, कोजाग्रत व्रत र पूर्णिमा व्रत परेको छ । त्यस साँझ महालक्ष्मीको पूजा गरिनेछ भने कात्तिक ९ गते कोजाग्रत पूर्णिमा रहेको समितिले जनाएको छ । देशका धेरै स्थानमा कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने परम्परा छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित