संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको छ ।

महासभाका अध्यक्ष खलिलुर रहमानले आफ्नो समापन मन्तव्यमा बहसमा १९४ प्रतिनिधिमण्डलले भाग लिएको उल्लेख गर्दै सहभागीमा ११३ राष्ट्रका सरकार प्रमुख, एक जना राजकुमार ११ जना उपराष्ट्रपति, सात जना उपप्रधानमन्त्री तथा ४८ मन्त्री रहेको पुष्टि गरेका छन्।

राष्ट्रसङ्घीय बहसमा शान्ति, विकास, मानवअधिकार, संयुक्त राष्ट्रसङ्घीय सुधार र आगामी महासचिवको चयनलगायतका विभिन्न विषय समावेश भएको उहाँले बताउनुभयो । उहाँका अनुसार अघिल्लो बहसको किनारमा रहेको कृत्रिम बौद्धिकता यस वर्षको छलफलको केन्द्रमा परेको थियो।

विश्वास पुनर्स्थापना, यस वर्षको बहसको विषय, भाषणमा व्यापक रूपमा प्रतिध्वनि भएको उनले बताए।

उनले महासभाका विषयलाई उजागर गर्दै भने, “हामी दृढतापूर्वक शान्ति त्याग्न अस्वीकार गरौँ दिगो विकास सुनिश्चित गर्न हामी दृढतापूर्वक प्रतिबद्ध रहौँ चयनशीलता बिना नै हामी मानवअधिकारका सिद्धान्तको पछाडि जोशका साथ उभिऔँ, मानवताको सेवामा प्राविधिक रूपान्तरणलाई शासन र प्रवर्द्धन गरौँ, हामीले अर्थपूर्ण, प्रतिनिधि र निष्पक्ष सुधारलाई पछ्याऔँ र अन्तमा सबैका लागि हाम्रो सङ्गठनको पुनर्निर्माण गरेर विश्वास पुनर्स्थापित गरौँ। रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक

नरेन्द्र बस्नेतको प्रस्तुति ‘हामी पत्रकार’

नरेन्द्र बस्नेतको तीज गीत ‘छम्म छम्म नाचौंला’

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

यूएन महासभामा बालेनको सन्देश: ‘जलवायु न्याय कागजमा होइन, व्यवहारमा देखिनुपर्छ’

एकै दिन ७८१ आप्रवासी बेलायत प्रवेश, च्यानल क्रसिङ रोक्न थप कडा कदम चाल्ने सरकारको घोषणा

प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै, बेलायतमा शुक्रबार बिहान १ बजे प्रत्यक्ष प्रसारण