लन्डनका मनि तामांगको म्यूजिक भिडियो ‘जाउँ हिड लन्डन’ सार्वजनिक

लन्डन । बेलायतलाई कर्मथलो बनाउंदै आएका मनि तामांगको अभिनयमा नयाँ म्यूजिक भिडियो ‘जाउँ हिंड लन्डन’ सार्वजनिक भएको छ । तामांग जातीको महान पर्व सोनाम ल्होछारको अवसर पारेर तामांग सेलो (खान्दोके सेलो) मा रहेको उक्त भिडियो सार्वजनिक भएको हो । आसमान लोप्चनको शब्द संगीत र आवाज रहेको यस गीतमा उनलाई  रोशना लुङ्बाले साथ् दिएकी छन् ।

म्यूजिक भिडियोको अभिनयमा मनि तामांगकोसाथमा सुस्मा मोक्तान, आसमान मोक्तान त अतिथी कलाकारको रुपमा उनकै धर्मपत्नी कला तामांग र संदेश तामांगलगायतको सहभागिता रहेको छ ।

बेलायतमा एनएचएस सेवामा कार्यरत तामांगको यो पहिलो डेब्यू म्यूजिक भिडियो हो । गाउँघरमा लाहुरेप्रतिको कत्तिको मोह हुन्छ भन्ने विषयमा गाउँ पुगेका लण्डनको लाहुरेको भूमिकामा उनको अभिनय केन्द्रित रहेको छ ।

आफूलाई अभिनयमा रुची भएका कारण आफ्नो सोख पूरा गर्न म्यूजिक भिडियोमा खेलेको र निकट भविष्यमा पनि यसलाई निरन्तरता दिने तामांगले बताए । तामांग सोसाइटी यूकेका महासचिव समेत रहेका तामांग सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् ।

बुद्ध लामा तितुंगको निर्देशनमा तयार यस म्यूजिक भिडियोमा बाबु सेन्चुरीको निर्देशन तथा त्रिलोक लामाको छायांकन तथा सम्पादन रहेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित