पर्वत वेलफेयर सोसाइटी यूकेले २० औं वार्षिकोत्सव मनाउँदै

लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले २० औं वार्षिकोत्सव तथा वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा मनाउने तयारी गरेको छ । आउँदो अगष्ट २१ तारिख आइतबार दिउसो अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रमको आयोजना गर्न लागिएको  पर्वत वेलफेयर सोसाइटी यूकेका उपाध्यक्ष सुरज पौडेलले बताए ।

पछिल्ला दुईवर्षयता कोरोना महामारीका कारण कुनै पनि भौतिक गतिविधि नभएकाले यसपटकको २० औं वार्षिकोत्सव तथा वार्षिक भेटघाट कार्यक्रमलाई विशेष संगीतमय बनाइने आयोजकले बताएका छन् । कार्यक्रममा नेपालबाट आएका ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम,  दिदीबहिनीका लागि तीज गीत तथा नाचगान र रात्री भोज व्यवस्था गरिनेछ ।

कार्यक्रमलाई सफल पार्न समस्त बेलायतवासी पर्वतेली तथा गैर पर्वतेलीहरुलाई संस्थाका अध्यक्ष नेत्र आलेले आग्रह गरेका छन् । पर्वत वेलफेयर सोसाइटी यूकेले नेपालमा आइपर्ने विभिन्न समस्यामा सहयोगको हातेमालो गर्दै आएकोछ ।

नेपाली कला संस्कृति परम्परा र रीतिरिवाजको जगेर्ना गर्ने उद्देश्यले विभिन्न मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित