बेलायती युवादेखि बृद्धासम्मको मन जितेर फर्किए गायक दीप श्रेष्ठ

लन्डन ।  ‘म त दुर देखि आएं तिम्रो नाम बोकेर’ करिब  पांच हजार माइलको दुरी पार गरेर बेलायत आएका नेपाली सांगीतिक आकाशका धरोहर वरिष्ठ गायक दीप श्रेष्ठले बेलायतमा आयोजित एकल सांगीतिक कार्यक्रममा आफ्ना दर्जनौं गीत प्रस्तुत गरेर नेपाल फर्किए ।

शुरुमा उनले तत्कालिन राजा महेन्द्रलाई आफ्नो गीत सुनाएका थिए । स्वर मन परेपछि राजाको हुकुमबाट सन् १९६८ मा रेडियो नेपालमा प्रवेश पाएर शुरु भयो उनको सांगीतिक यात्रा । ‘म पत्थरको देवता होइन, तोडिएर जोडिने’ बोलको गीतबाट गायन क्षेत्रमा पाइला चालेका श्रेष्ठलाई सोही गीतले स्थापित गरायो । त्यसताका उनका दर्जनौं कालजयी गीत अहिलेसम्म पनि उत्तिकै लोकप्रिय र कर्णप्रिय छन् ।

कन्सर्टका बेला सबैको घरमा रेडियोको समेत पहुँच नभएको ऊबेला र अहिलेको अवस्था तुलना गर्दा आश्चर्य लागेको उनले बताए । पहिलो गीत गएको महिनौंपछि रेडियो नेपालबाट आफ्नो गीत  बज्दा एकजना माडवारी साथीले ट्रान्जिष्टर बोकेर  उनको गीत सुनाउन ल्याउँदा ल्याउँदै गीतको अन्तिम अन्तरा मात्र सुन्न पाउँदा खुशीले गदगद भएको क्षण उनको मानसपटलमा अझै पनि ताजै रहेछ । त्यसो त गीत गाउन जांदा भोगेका उनका कथाव्यथा पनि उत्तिकै मार्मिक र कारुणिक छन् ।

गतहप्ता बेलायतको हाइवेकम्बस्थित नेपाली व्यवस्थापनमा सञ्चालित ‘डल्फिन आई पब एण्ड रेष्टुरेन्ट’ मा गायक श्रेष्ठले दर्जनौं लाइभ गीत गाए । गायन क्षेत्रमा करिब ५५ वर्ष बिताइसकेका गायक श्रेष्ठले ‘कति कमजोर रहेछ भाग्य’,’बितेका कुरा’ बोलका गीतमा नाती पनाती पुस्ताका दर्शकहरु वान्स मोर् भन्दै झुमेका थिए ।

गायक श्रेष्ठले ‘बितेका कुरा’,‘कति कमजोर रहेछ भाग्य’,‘हर रात सपनीमा ऐठन हुन्छ’, ‘मेरो आंखामा’, ‘हुं यात्री एउटा’, ‘म त दुर देखि आएँ’,‘ एक्लै तिमी नआउ म मातिएको बेला’’ तिम्रो मनमा बस्न सकु’, ‘गल्ति हजार हुन्छन्’,’ फरिया ल्याइदेछन् त्यही पनि राता’, ‘मेरो आँखामा’,  ‘मेरी मायालु’, ‘गुराँसको फूल’ जस्ता दर्जनौं सदावहार गीतहरु गाएर बेलायतका दर्शकको मन जित्न सफल भए ।

गायक श्रेष्ठले स्थानीय गायिका तयाहाङ्मा राईसंग ड्वेट पनि गाएका थिए भने लन्डनवासी गायक प्रमोद शर्माले समेत केही गीत सुनाए । गायनसंगै उनले जीवनका उकाली वरालीमा घटेका तितामिठा अनुभवलाई पनि रमाइलो पारामा प्रस्तुत गरे ।

गायक श्रेष्ठको अनुरोधमा अन्तिम क्षणमा तय भएको कार्यक्रममा दर्शक राम्रो सहभागिता भएको भन्दै आयोजकद्वय सिद्धार्थविक्रम क्षेत्रीले र स्लाउ नेपलिज कम्युनिटीका संस्थापक केशर पाण्डेले गायक श्रेष्ठलाई सम्मान गरेका थिए । त्यसैगरी भेन्यू र खाना उपलव्ध गराउने डल्फिन आई पब एण्ड रेष्टुरेन्टका सञ्चालक सुरज कार्की, डिजे व्यवस्थापन गर्ने प्रमोद शर्मा र सनमकुमार बैरागसहित लाइभ म्यूजिक प्रस्तुत गर्ने स्थानीय वाद्यवादकहरुप्रति आभार व्यक्त गरे ।

‘गायन क्षेत्रमा लागेको नै ५५ वर्ष बितिसक्यो, उमेरले पनि डांडा काटिसक्यो, अब फेरी बेलायत आएर भेटघाट हुन्छ हुँदैन, अत्यन्त शालीन दर्शकहरु पाएँ, दर्शकको प्रशंसा गर्दै थिए उनी । आयोजकलाई धन्यवाद दिंदै भोलिपल्टै नेपाल जान लागेको जानकारीसहित गायक श्रेष्ठ यसपटकको अन्तिम कार्यक्रमबाट विदा भएका थिए । भविष्य जे जस्तो भएपनि बेलायतका दर्शकहरु उनको सदावहार गीत सुन्न अझै प्रतिक्षारत छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित