कोभिड विरुद्धको खोप र यसको असर

लन्डन। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना विरुद्धको खोपको बारेमा जति कुराहरु सार्वजनिक भएका छन् त्यति नै खोपको भावी असरहरुको बारेमा पनि अन्यौल छ ।

दशवर्ष लगाएर तयार गरिने खोपलाई १० महिनाको अवधिमा विकास गरिएको हुँदा यसबारेमा अन्यौल हुनु स्वभाविक नै हो । तर, वैज्ञानिकहरुका अनुसार यो खोप सुरक्षित रहेको र सबैले ढुक्क भएर लगाउन आग्रह गरिएको छ ।

हाल परिक्षण पश्चात आएका विभिन्न खोप प्रयोगमा आएको छोटो समय भएको र खोप लगाएपछि यसबाट सुरक्षित हुने निश्चित समय एवं समग्र प्रभावकारिताका विषयमा अध्ययन अझै जारी छ ।

खोप लगाएपश्चात कति समयसम्म शरीरमा एन्टीबडी रहन्छ भन्ने बारे यकिन रुपमा बताउन नसकिने अधिकारीहरु बताउछन्  । खोप लगाइसकेकाहरुमा विशेषतः ३ सातापछि एन्टीबडी विकास भएको पाइएको छ ।

तर, सबै व्यक्तिमा उस्तै किसिमले एन्टीबडी विकास नहुन पनि सक्छ । हाल खोप कम्पनी एवं वैज्ञानिकहरुका अनुसार खोपको दुवै मात्रा लगाएपछि शरीरमा प्राकृतिक एन्टीबडी विकास भई ५ देखि ६ महिना वा एक वर्षैसम्म पनि एन्टीबडी रहिरहने दाबी गरेका छन् ।

साधारणतया खोपको पहिलो डोज लगाएपछि एन्टीबडी विकास हुन थाल्ने र दोस्रो डोज पछि सो स्वतः बढ्दै जाने स्वास्थ्यविद बताउँछन् । शरीरमा एन्टिबडी बनेपछि मेमोरी सेलले निकै लामो समयसम्म कोरोना भाइरसलाई पहिचान गर्ने तथा त्यस्तो भाइरस शरीरमा आएमा एन्टिबडी सक्रिय भएर भाइरसलाई नष्ट गर्ने गर्छ ।

एकपटक कोरोना संक्रमण भइसकेका मानिसमा त्यसैले पनि संक्रमणको सम्भावना कम हुन सक्छ किनकी उनीहरुमा प्राकृतिक एन्टीबडी विकास भइसकेको हुन्छ । तर कति समयसम्म सो एन्टीबडी शरीरमा रहन्छ, यो भने अनुसन्धानको क्रममै रहेको छ ।

तसर्थ स्वास्थ्य समितिले एकपटक संक्रमण भइसकेका र खोप लगाएकाले पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने जनाएको छ ।

कोभिडको खोप लगाएपछि मृत्यु हुन्छ, दीर्घकालीन असर हुन्छ, यो खोपले डीएनएलाई असर वा नष्ट गर्छ, प्रजनन क्षमता ह्रास हुन्छ लगायतका विभिन्न भ्रम फैलिएका छन् । यद्यपी यी सबै गलत भएको स्वास्थ्य समितिले जनाएको छ ।

खोपको असर 

कोरोना विरुद्धको  खोप लगाएकामध्ये केही मानिसमा ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांशपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, स्वर भासिने, रुघा लाग्ने, वाक्वाकी लाग्ने, बान्ता हुने, पखाला हुने समस्या देखिन सक्छ ।

तर, गम्भीर समस्या देखिएका घटना न्यून छन् । पहिलो मात्रा खोप लगाएका व्यक्तिले चार हप्तामा दोस्रो मात्रा लगाउनुपर्छ । दोस्रो मात्रा तीन हप्तादेखि १२ हप्ताको समयमा लगाउन मिल्ने बताइएको छ ।

दीर्घ रोगीले पनि खोप लगाउन सकिन्छ तर रगत पातलो बनाउने औषधी खाइरहेका, स्नायू सम्बन्धी औषधी सेवन गरेका, गर्भवति स्तनपान गरिरहेकाहरुलाई भने खोपको सिफारिस नगरिने गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाले जनाए ।

लामो परीक्षणपछि ल्याइएकोले पनि यी खोपहरु सुरक्षित रहेको स्वास्थ्य विज्ञहरुले उल्लेख गरेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित