तीजको उल्लास,पीडितप्रति ऐक्यबद्धता: नेप्लिज लेडिज कम्युनिटीको राहतसहयोगी तीज सम्पन्न

लन्डन। नेप्लिज लेडिज कम्युनिटी हन्स्लो (एनएलसीएच), लन्डनले यस वर्षको तीज पर्वलाई फरक र मानवीय उद्देश्यसहित मनाएको छ। हरेक वर्ष मनोरञ्जनात्मक तीज कार्यक्रम आयोजना गर्दै आएको संस्थाले यसपटक नेपालमा आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको सहयोगका लागि कार्यक्रमलाई ‘च्यारिटी तीज’का रूपमा आयोजना गरेको हो।

यसपटकको कार्यक्रममा सहभागीहरूको मुहारमा केवल तीजको उल्लास मात्र नभई मातृभूमिप्रतिको माया, पीडामा परेकाहरूप्रतिको सहानुभूति र सहयोगको भावना झल्किएको थियो। रसुवा र नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि सहयोग पुर्‍याउने उद्देश्यले पूर्वनिर्धारित तीज कार्यक्रमलाई च्यारिटी स्वरूप दिइएको आयोजकले जनाएको छ।

लन्डनको फेल्थम एसेम्बली हलमा शनिबार आयोजित ‘च्यारिटी तीज फर नेपाल’ कार्यक्रममा नेपालमा विपद्बाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो। साथै, विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो।

नेप्लिज लेडिज कम्युनिटी हन्स्लो अध्यक्ष प्रभा खापुंगले यस्तो दुखद घडीमा सबै मिलेर केहि गर्ने उद्देश्यले हामीले तीज कार्यक्रमलाई स्थगित नगरि फरक ढंगले मनाउने प्रयास गरेको बताइन । सहयोगको लागि उपस्थित जनाउने र साथ सहयोग दिनुहुने सबैलाई धन्यवाद दिइन्।

उपाध्यक्ष सुनिता प्रधानले पनि हामी सबै  एकजुट भएर मातृभूमिको लागि केहि गर्नुपर्छ भन्ने उद्देश्यले सहयोगी मन लिएर कार्यक्रममा उपस्थित भएको बताउंदै बाढीपीडितको सहयोगको लागि एकजुट हुन् आग्रह गरिन् ।

संस्थापक अध्यक्ष देवी रानी गुरुंगले पनि यस्तो दुखद घडीमा पनि उपस्थित भएर मातृभूमिको लागि केहि गर्नुपर्छ भनेर उपस्थित हुनुहुने सबैलाई धन्यबाद दीएकी थिइन् । प्राकृतिक विपद्को समयमा उद्धार तथा राहत कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्नेमा सबैले  जोड दिएका थिए।

कार्यक्रमको संचालन उपाध्यक्ष सुस्मिता कन्दंगवा र सचिव धुर्वी गुरुङले  गरेका थिए । यसैगरी बिनिता बस्नेतको संयोजनमा राफल ड्रा को आयोजना गरिएको थियो । राफल ड्राबाट संकलित रकम पनि बाढीपीडितलाई नै सहयोग गरिने संस्थाले बताएको छ ।

‘A Celebration of Culture, Compassion & Community’ भन्ने मूल भावसहित आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले तीज पर्वको सांस्कृतिक महत्त्वलाई जोगाउँदै नेपालमा विपद्बाट प्रभावित परिवारहरूप्रति मानवीय सहयोग र सद्भाव व्यक्त गरेका थिए। आयोजकका अनुसार कार्यक्रमबाट संकलित सम्पूर्ण रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलन गरिनेछ। प्राकृतिक विपत्तिका कारण प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र सहयोगमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रमलाई च्यारिटी स्वरूप दिइएको हो।

आयोजकले कठिन परिस्थितिमा नेपाल र नेपाली जनताको साथमा उभिनु विदेशमा रहेका नेपालीहरूको पनि साझा दायित्व भएको उल्लेख गर्दै सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेको छ।

“Celebrate Teej. Give Hope. Rebuild Lives. Pray for Nepal” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले विदेशमा रहेका नेपालीहरूबीच आपसी सहयोग, मानवीय भावना र मातृभूमिप्रतिको जिम्मेवारीलाई थप मजबुत बनाएको आयोजकको भनाइ छ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित