बेलायतकी युक्ती विमली ‘एनआरएन द सिङगर’ को टप टेनमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले व्यवस्थापनमा  संचालन हुँदै आएको कार्यक्रम ‘एनआरएन द सिङगर’ मा बेलायतकी  युक्ति विमली  टप टेनमा पर्न सफल भएकी छन् ।

‘ए’ लेभल गरेकी १७ वर्षीय युक्तिले  सानैदेखि नेपाली गीतसंगीतमा चासो राख्दै आएकी छन् । नेपाल र नेपालीको लागि केहि गर्नुपर्छ भन्ने भावना बोकेकी युक्तिले बेलायतमा आयोजना हुने नेपाली कार्यक्रममा पनि कहिलेकहीं आफ्नो प्रस्तुती दिंदै आएकी छन् । आफु जहाँ  बसेपनि नेपाली भाषा र नेपाली संस्कृतिलाई बिर्सन नहुने युक्तिको धारणा छ ।

उनीसंगै टप टेनको सूची अन्तर्गत भिम शेर्मा लिम्बु – युएई, कर्मा दोंग तामांग – नर्वे, विष्णु क्षेत्री – नर्वे, लोकेन्द्र दुधराज – कतार, सुभाष चन्द्र पुन मगर – पोर्चुगल, प्रदिप कोयु राई – साउथ कोरिया, गुना  मगर निशु – कतार, कृष्ण खवास – युएई, केदार कार्की – जर्मनी छन् ।

यसपछि टप फाएभ अन्तर्गतको प्रतिस्पर्धा गरिनेछ र तीमध्येबाट ग्राण्ड फिनालेको लागि प्रतिस्पर्धा हुनेछ । टप फाएभको लागि अक्टुबर  ९ सम्म भोटिंग पार्टनर खल्ती डटकमबाट भोट गर्न सकिनेछ । आफूलाई विजयी गराउन सम्पूर्ण आफन्त तथा इष्टमित्रहरुलाई  भोट गर्न  युक्तिले आग्रह गरेकी छन्

ग्रान्ड फिनालेमा ५ जनाबीचको   प्रतिस्पर्धामा  सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ उपाधि जित्नेछन् । अक्टोबर ९ मा सेमिफाइनल (उत्कृष्ट १०) को प्रस्तुति प्रसारण गरेर फिनालेका लागि उत्कृष्ट ५ जनाको छनोट गरिने छ । फिनाले अक्टोबर १५ मा काठमाडौंमा हुने भएको छ ।

उपाधि जित्नले नगद रु  ५ लाख, रनरअपले रु ३ लाख  र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका  साथै ट्रफि र प्रमाणपत्र पाउने छन् ।

‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल नाराका साथ ‘एनआरएन द सिङगर’ को निर्णायक मण्डलमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई नेपालबाट,  शर्मिला बर्देवा यूकेबाट र रुपककुमार  शाही अस्ट्रियाबाट रहेका छन् ।

पहिलोपटक आयोजना  गरिएको  रियालिटि शो ‘एनआरएन द सिङगर’ का लागि ३७ देशका तीनसय बढीको  सहभागिता थियो, जसमध्येबाट उत्कृष्ट ४० जनालाई छनौट गरेर कार्यक्रमलाइ अगाडि बधाइएको थियो ।

भोट गर्न यहाँ क्लिक गर्नुहोला 

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित