लन्डनमा नेपाली मेलाको ऐतिहासिक सफालतापछि थप चुनौती महशुस – अध्यक्ष जुमकाजी गुरुङ

लन्डन । बेलायतको केम्पटन पार्कमा १६औं नेपाली मेला भव्य र ऐतिहासिक रुपमा सम्पन्न रह्यो। लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले आयोजना गरेको उक्त मेलामा झण्डै १३ हजार दर्शकको सहभागिता थियो । यसपटकको मेला १६ वर्षको इतिहासमै सबैभन्दा बृहत भएको आयोजकको निष्कर्ष छ ।

मेला सफलतापछि आयोजक तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले यसलाई अझ भव्य र सभ्य बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले भने, ‘१६औं नेपाली मेलाले इतिहास रचेको छ । यसले विदेशमा बसेर पनि नेपाली संस्कृतिलाई जोगाउने मात्र होइन, नयाँ पुस्तामा हस्तान्तरण गर्ने एउटा ऐतिहासिक प्रयास गरेको छ ।

आगामी वर्षहरुमा यो मेला अझ भव्य र सभ्य बनाउनुपर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।‘ उनले नेपाल र नेपालीहरुको गौरवको रुपमा रहेको यो मेलालाई भावी दिनमा पनि एकजुट भएर सहयोग गर्न सम्पूर्ण नेपालीलाई आग्रह गरे । यसलाई अझ सफल र सबैलाई समेटेर अघि बढ्न आवश्यक सल्लाह र सुझावको लागि पनि आफू तयार रहेको उनले बताए ।

त्यस्तै, १६ औं नेपाली मेलाका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले पनि मेलाको प्रशंसा गर्दै यसलाई दक्षिण एसियाली मुलुकबीचको सांस्कृतिक साझेदारीको पुल बनाउन सकिने बताए ।

उनले भने, ‘नेपाली मेला केवल बेलायतमा बस्ने नेपाली समुदायकै लागि मात्र नभई सम्पूर्ण दक्षिण एसियाली मुलुकबीचको सांस्कृतिक साझेदारीको एउटा अवसर हो । यसलाई सार्क मुलुकहरूसम्म जोडेर अझ व्यापक बनाउनुपर्छ ।’राजदूत घिमिरेले मेलाको सफलताप्रति खुशी व्यक्त गर्दै मेलाले बेलायतमा बसेका नेपालीहरुको एकता, जोश र मातृभूमिप्रतिको लगाव झल्काएको बताए ।

उनले थपे, ‘नेपाली मेलाले विदेशमा नेपाललाई गौरवका साथ प्रस्तुत गरेको छ, यसलाई अझ मजबुत बनाउन सबैको सहकार्य जरुरी छ । नेपालीहरु जहां जान्छन्, आफू संगै नेपाल लिएर जान्छन् भन्ने प्रमाण यो हो’ उनले भने ।
विशेष अतिथिका रुपमा नेपालबाट आएका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले पनि मेलाको प्रशंसा गर्दै उनले भने, ‘यो मेलाले विदेशमा रहेका नेपालीहरुको एकता र पहिचानलाई विश्वसामु प्रष्ट पारेको छ ।
मेलाले राष्ट्रिय गान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ को भावनालाई प्रतिनिधित्व गरेको उनले बताए ।‘कला, संस्कृति र भेषभूषासहितको यस्तो कार्यक्रम नेपालले गर्व गर्नुपर्ने विषय हो’- उनको भनाइ थियो ।

मेलामा सहभागीहरुले विभिन्न सांस्कृतिक झाँकी, नृत्य, पूजाआर्चना र परम्परागत भेषभूषामा प्रस्तुत गरिएका कार्यक्रमलाई नेपालको विविधता र एकताको प्रतीकका रुपमा व्याख्या गरेका छन् । उक्त मेलामा ४५ भन्दा बढी नेपाली संघ–संस्था र समुदायले आफ्ना झाँकी, नृत्य र मौलिक सांस्कृतिक प्रस्तुतिहरु दिएका थिए । मेलामा तमुहरुको ट्होटे, नेवार जातीको सापारु (गाइजात्रा) अनि खिं, धिमे र धाः बाजामा घिन्ताङ घिसी (लट्ठी जुधाएर गरिने नाच), लिम्बुहरुको हाक्पारे, धान नाच र च्याब्रुङदेखि किरात राईहरुको साकेलासमेत प्रस्तुत गरिएको थियो ।

यसैगरी परम्परागत डोको, नाम्लो, स्याखु, हलो जुवा, सोली बोकेर आएका मगर जातीले देखाए कौरा, सारंगा, थाली, टप्पा र मारुनीको पनि प्रदर्शनी गरियो । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ को नारालाई नेपाल र विदेशमा रहेका नेपालीबीचको सेतुका रुपमा निरन्तर अघि बढाउंदै युवा पुस्तामा पनि पुस्तान्तरण गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित