अब फर्किए तालु खुइलेका दिन

थाइल्याण्डका वैज्ञानिकले गरेको अनुसन्धानले  अब तालु खुइलेका पनि दिन फर्किएको देखाएको छ । अब उनीहरुको तालुमा आलु झैं कपालको खेती फेरि फस्टाउँनेछ  ।

वैज्ञानिकहरुले हालै गरेको एक क्लिनिकल ट्रायलमा सम्मिलित ५० जनाको टाउकोमा पुन कपाल उमार्न सफलता पाएको  छ । समुद्र तटमा पाइने एउटा वनस्पति मैग्रोवको अर्कबाट बनाइएको औषधिको प्रभावकारिता देखिएको हो ।

वनस्पति जगतमा ‘राइजो फोरसी’ (RHIZOPHORACEAE)    फेमीलीको राइजोफोरा प्रजातिमा आउने मैग्रोव ट्रोपिकल र सबट्रोपिकल भु—भागमा पाइने झाडी किसिमको सानो रुख हो ।

मैंग्रोवबाट बनिने अर्कलाई ‘एविसोनिया’ मारिन भनिन्छ । यसमा प्रमुख रुपले एविसेक्विनन भन्ने रसायन पाइन्छ । यसले एक्टिभ कम्पाउन्ड एन्जाइमसँग प्रतिक्रिया गरेर कपाल झर्ने क्रमलाई रोक्छ । मूलतः कपाल झार्न भूमिका निर्वाह गर्ने  शरीरको हार्मोनलाई यसले नियन्त्रित गर्छ ।

थाइल्याण्डको चुल लान्गकोर्न विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अनुसन्धानमा सम्मिलित ५० जना व्यक्तिमा यसको सकारात्मक परिणाम प्राप्त भएको छ । त्यसमा उनीहरुको कपाल झर्न रोकिनुका साथै नयाँ कपाल आउन थालेको नतिजा प्राप्त भएको थियो ।

चुल लान्गकोर्न विश्वविद्यालयको ‘फार्माकोग्नासी एण्ड फर्मास्युटिकल बोटनी’ संकायका प्रोफेसर बाचाइ डेनामक्कुलले मैग्रोवको अर्कबाट  बनाइएको औषधी तालु खुइलिने रोगमा अत्यन्त प्रभावकारी रहेको बताए ।

यसले कपाल झर्न रोक्नुका साथै नयाँ कपालको विकासमा समेत मद्दत गर्छ । एउटा निजी कम्पनीले यस औषधीको व्यापारिक उत्पादन गर्ने पेटेन्ट लिएको छ । ६ महिनाभित्र यो औषधी बजारमा उपलब्ध गराउने कम्पनीले दावी गरेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित