जेनजी आन्दोलनमा मारिएका युवाको सम्झनामा पत्रकार महासंघ यूकेको श्रद्धाञ्जली

लन्डन—नेपाल पत्रकार महासंघ बेलायतले नेपालमा भ्रष्टाचार, कुशासन र सोसल मिडिया प्रतिवन्धविरुद्ध चर्किएको जेनजी आन्दोलनका क्रममा निधन भएका युवाहरुको आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

यस्तै, शाखाले आन्दोलनका क्रममा घाइते सबै युवाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा शाखा अध्यक्ष विमला सेने, सल्लाहकारहरु नरेश खपांगी मगर, ध्रुवराज अर्याल र नवीन पोखरेल, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिव भण्डारी, महासचिव खेमराज रानाभाट, सचिव विश्वासदीप तिगेलासहित कार्यसमिति सदस्य तथा अन्य पत्रकारहरूले दीप प्रज्ज्वलन गरि श्रद्धान्जली अर्पण गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै शाखा अध्यक्ष सेनेले नेपालमा व्याप्त भ्रष्टाचार र कुशासन बढिरहंदा जेन जी पुस्ताको आन्दोलन ऐतिहासिक र निर्णायक मोडमा पुगेको बताइन् ।

उनले यस्तो संवेदनशील समयमा जिम्मेवार भएर देशका लागि भूमिका निर्वाह गर्न सबैमा आह्वान गरेकी छन्।

जेनजी आन्दोलनका कारण देशभरि प्रेस स्वतन्त्रतामाथि पनि आक्रमण भएको छ । सञ्चार माध्यम र पत्रकारहरूमाथि भएका हमला, दमन र अवरोधहरूको निन्दा र खेद व्यक्त गर्दै महासंघले तत्काल कडा कानूनी कारवाही तथा पत्रकार सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित