आदरणीय दाजुभाइ तथा दिदीबहिनीज्यूहरू,
नेपाल र विश्वभर छरिएका सम्पूर्ण क्षेत्री समाज परिवारका सदस्यहरू साथै सम्पूर्ण नेपाली महानुभावहरूमा यस शुभ पर्वले नयाँ ऊर्जा,आत्मीयता र अमूल्य आशीर्वाद भरिदियोस् भन्ने हार्दिक कामना गर्दछु।
माया, एकता र सद्भावका सेतु बाँध्ने यस पर्वले हामी सबैलाई अझ नजिक ल्याओस्। परिवार, समाज र मातृभूमिप्रतिको कर्तव्यभाव जागृत गरी सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको प्रकाश फैलाओस्।
हाम्रो प्रिय मातृभूमि नेपालसहित सम्पूर्ण विश्वमा शान्ति, सौहार्द र सहअस्तित्वका दीप प्रज्वलित रहून्, यही नै मेरो हृदयदेखि उम्किएको शुभेच्छा छ।
सदैव तपाईँहरूको साथ,
क्याप्टेन टेक जी.सी.
अध्यक्ष, क्षेत्री समाज बेलायत






