बेलायतमा एकैदिन ५२ हजार भन्दा बढी संक्रमित

लन्डन । बेलायतमा कोरोना संक्रमण दर निरन्तर रुपमा बढ्दै गएको छ। बितेको २४ घन्टामा  ५२ हजार भन्दा बढी संक्रमित पुष्टि भएको  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । नवौं दिनसम्म लगातार ४० हजार भन्दा माथि संक्रमित भएको र यो संख्या बिहीबार बढेर ५२ हजार नाघेको  छ । बेलायती स्वास्स्थ्यमंत्री साजिद जाविदले बुधबार दैनिक संक्रमित संख्या एक लाखसम्म पुग्नसक्ने बताएका थिए । नयाँ संक्रमितसंगै बेलायतमा हालसम्म संक्रमित हुनेको संख्या ८६ लाख ४१ हजारपुगेको छ ।

यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा ११५ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एकसातामा बेलायतमा ९१२ जना संक्रमितको ज्यान गएको छ । यससंगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३९ हजार १४६ पुगेको छ ।

गएको एकसातामा संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या १५.४ प्रतिशतले बढेको छ । पछिल्लो २४ घन्टामा ९५९ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ८ हजार १४२ पुगेको छ । यस्तै ८७२ जना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म ९ करोड ५० लाख भन्दा बढी डोज कोरोनाविरुद्ध खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९५ लाख ५४ हजार ७०७ जना अर्थात ८६.२ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५४ लाख ६० हजार १२२ जना अर्थात ७९ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

यसैगरी ५० वर्षमाथि उमेरका र अग्रस्थानमा खट्ने करिब ४७ व्यक्तिहरुलाई खोपको तेस्रो अर्थात बुष्टर डोज दिइसकिएको तथ्यांकले देखाएको छ ।  दोस्रो डोज लागेको ६ महिना पुगेकाहरुलाईमात्र बुष्टर डोजको लागि योग्य मानिन्छ । पछिल्लो समयमा सरकारले बुष्टर डोज वितरणलाई विशेष प्राथामिकताकासाथ अघि बढाएको छ । साथै १२ देखि १५ वर्ष पुगेकालाई पनि खोपको पहोलो डोज लगाउन प्रधानमन्त्री बोरिस जोन्सनले आग्रह गरेका छन् । खोप सप्लाईमा पनि कुनै कमी नभएको र पर्याप्त मात्रामा खोप  रहेको प्रधानमन्त्रीले बताएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित