बेलायतभर जेनजी प्रदर्शनमा मारिएका युवाप्रति श्रद्धान्जली तथा दीप प्रज्वलन -फोटोफिचर

लन्डन । नेपालमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउन पुगेका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्न बेलायतका विभिन्न सहरमा नेपाली समुदायले श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना गररेका छन् । सैयौंको संख्यामा स्वस्फुर्त रुपमा सहभागी भएर नेपाली झण्डा वरिपरी दीप प्रज्वलन गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेका छन् ।

लन्डनको ट्राफलगर स्क्वायरदेखि कार्डिफ, अल्डरसट, रिडिङलगायतका विभिन्न ठाउँमा बसोबास गर्दै आएका नेपाली समुदायले सामूहिक रुपमा भेला भई सहिद युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
दीप प्रज्वलनसहितको कार्यक्रममा सहभागीहरूले भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहिद युवालाई स्मरण गर्दै न्याय, पारदर्शिता र उत्तरदायित्वपूर्ण शासन व्यवस्थाका लागि निरन्तर आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाए।

सहभागीहरूले शान्तिपूर्ण आन्दोलनमाथि भएको दमनप्रति आक्रोश व्यक्त गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका छन्। उनीहरूले “हामी टाढा छौं तर हाम्रो मन नेपालमै छ” भन्दै प्रवासमा बसे पनि मातृभूमिको पीडामा ऐक्यबद्ध रहेको सन्देश दिएका छन्।

सहभागीले आन्दोलनको दोश्रो दिन मंगलबार भएको सार्वजनिक सम्पतिमा आगजनी र तोडफोडको समेत विरोध गर्दै संयमता अपनाएर अब नयां नेपाल निर्माण अभियानमा सरिक हुन अपिल गरे ।

नेपालमा भइरहेको आन्दोलनले विश्वभरका नेपालीलाई भावनात्मक रूपमा स्पर्श गरेको भन्दै बेलायतमा भएका श्रद्धाञ्जली र दीप प्रज्वलन कार्यक्रमहरूलाई नेपाली समुदायले ऐतिहासिक महत्वका रूपमा लिएका छन्।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित