जेनजी आन्दोलनका मृतकप्रति क्षेत्री समाज बेलायतको श्रद्धाञ्जली, घाइतेको स्वास्थ्य लाभको कामना

लन्डन । नेपालमा गत महिना भदौ २३ र २४ गते जेनजी समूहद्वारा आयोजित आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति क्षेत्री समाज बेलायतले श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

विज्ञप्तिमा आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, राष्ट्रपति निवास, सर्वोच्च अदालतलगायतका महत्वपूर्ण सरकारी संरचना तथा भाटभटेनीजस्ता निजी व्यवसायहरूमाथि भएको तोडफोडप्रति दुःख व्यक्त गरिएको छ । समाजले यस्ता हिंसात्मक गतिविधिले सार्वजनिक सम्पत्तिमा मात्र नभई मुलुकको प्रतिष्ठा र आम नागरिकको जीवनमा समेत नकारात्मक असर पार्ने भन्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराएको छ ।

समाजले शान्तिपूर्ण, जिम्मेवार र लोकतान्त्रिक तरिकाले आन्दोलन र विशेष प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय एकता, शान्ति, स्थायित्व र समाजको हितलाई सबै पक्षले समयमै अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।

क्षेत्री समाज बेलायतले आन्दोलनका क्रममा ६ दर्जनभन्दा बढीले ज्यान गुमाएको घटनाप्रति सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको भन्दै मृतक आत्माहरूलाई श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, समाजले वर्तमान अन्तरिम सरकारलाई भविष्यप्रति पूर्ण पारदर्शिता अपनाउँदै व्यवस्थित तरिकाले आगामी निर्वाचनतर्फ अग्रसर गराउन शुभकामना दिंदै न्याय, सत्य र मानवताको पक्षमा निरन्तर ऐक्यबद्ध रहने प्रतिबद्धता जनाएको छ ।

विज्ञप्तिमा  क्षेत्री समाज बेलायतका अध्यक्ष क्याप्टेन टेक जीसी र महासचिव मेजर बुद्धि भण्डारीको हस्ताक्षर छ ।

Screenshot

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित