‘एनआरएन द सिङगर’ विजेता युक्तीलाई हाम्रो गुठी यूकेले गर्यो सम्मान

लन्डन । ‘एनआरएन द सिङगर’ विजेता लन्डनकी युक्ती विमलीले बधाईसहित सम्मान पाएकी छन् ।

शनिवार हाम्रो गुठी यूकेले लन्डनमा आयोजना गरेको दशैं तिहार शुभकामना कार्यक्रममा युक्तीलाई प्रमाणपत्र, गीफ्ट कार्ड तथा खादा लगाएर सम्मान गरिएको हो ।

हाम्रो गुठीका संयोजक सुमन कुँवर, दीपक थापा, राम बुढाथोकी, राजकुमार बस्नेत, मणीराज थापा, किशोर थापा, डिबी शाही, भाइराजा थापालगायतले उनलाई सम्मान गरे । कार्यक्रममा उपस्थित युक्तीका बाबुआमा यदु विमली र बिनिता केसी छोरीको सफलतामा दंग देखिन्थे । उनलाई सहभागी सबैले शुभकामना र बधाई दिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिले गत महिना आयोजना गरेको ‘एनआरएन द सिङगर’ प्रतिष्पर्धामा ४० जना प्रतियोगीलाई पछि पार्दै युक्ती प्रथम भएकी थिइन् ।

‘एनआरएन द सिङगर’ उपाधि पाउंदा आफू निकै खुशी भएको र यसले गायनमा थप उर्जा मिलेको युक्तीले जनाइन् । ‘यसमा सहयोग गर्नुहुने घरपरिवार, साथीभाई, इष्टमित्रलगायत हाम्रो गुठीलाई पनि धन्यवाद दिन चाहन्छु’, युक्तीले भनिन्, ‘भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गरेको छु । तपाईंहरु मेरो प्रेरणाश्रोत पनि हो ।’

तर, आफूले जितेको पुरस्कार र प्रमाणपत्र अझैसम्म कसैले नदिएको र यसका लागि कसैले सम्पर्क पनि नगर्दा आफूलाई खल्लो लागेको उनले गुनासो गरिन् ।

यद्यपि गीतसंगीत र नेपाली कलासंस्कृतिलाई विदेशमा पनि निरन्तर प्रवर्धन गर्ने उनले बताइन् ।

कार्यक्रममा उनले ‘यो देशमा म एउटा मानिस खोजिरहेछु’ मलाई आंखैको परेलीमा गाजल लाउंन मन लाग्छ’ जस्ता गीत प्रस्तुत गरेकी थिइन् । १७ वर्षीया युक्तीले बेलायतमा ‘ए’ लेभल गरेकी छन् ।

प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यसहित बेलायतमा स्थापित ‘हाम्रो गुठीले नयाँ पुस्तालाइ विभिन्न क्षेत्रमा प्रोत्साहन एवं प्रेरणा प्रदान गर्दै आएको छ । सोही अवसरमा बेलायतको जीसीएससीमा उत्कृष्ट नम्बर प्राप्त गरेका आयान थापालाई पनि गीफ्ट भौचर र प्रमाणपत्र प्रदान गरिएको थियो ।

गीतसंगीतलगायत अन्य विभिन्न क्षेत्रमा समेत चासो राख्दै आएका आयानले पनि ‘सबै र बाख्रा उकालो लागे’, निर कहिले रिसाउने’, ‘हाम्रो नेपालमा’ जस्ता गीत गाएका थिए ।

बेलायतका केही अभियन्ताद्वारा स्थापित ‘हाम्रो गुठी यूके’ ले दशैं तिहारलगायतका विभिन्न अवसरमा कार्यक्रम गरि प्रेरणा र हौसलास्वरूप पुरस्कृत गर्दै आएको छ ।

हाम्रो गुठीले नेपालमा पर्ने आपतविपतको समयमा बेलाबखत सहयोग गर्दै आएको छ । विशेषगरी नयाँ पुस्तालाई हौसला प्रदान गर्ने, नेपाली कला संस्कृतिबारे जनाकारी गराउने र यसलाई निरन्तरता दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको संयोजक सुमन कुँवरले बताए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित