त्रिवि शिक्षण अस्पतालका सर्जनले ल्याए ‘कसरि भनुँ म’ बोलको म्यूजिक भिडियो

लन्डन । त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरू गर्न नेतृत्त्वदायी भूमिका खेलेका प्राध्यापक डा. रमेशसिंह भण्डारीले आफ्नै सृजना र स्वरमा रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । ‘कसरि भनुँ म’ बोलको गीतमा भण्डारीले स्वयं कम्पोजिशन गरेका हुन्  । यसअघि पनि उनका ‘तिम्रो नै माया लाग्छ नि’, ‘किन होला’, ‘मायालु भाका’ लगायतका गीत सार्वजनिक भइसकेका छन् ।

उक्त गीतको  म्यूजिक भिडियोमा प्रदीप जोशीको एरेन्ज र अनिल कुमार मानन्धरको निर्देशन रहेको छ । चिकित्सा पेसासँगै गीत संगीतमा रमाउन चाहने डा. भण्डारी गीत संगीतको अभ्यासमा रमाउनुलाई आफूले  ‘मेडिटेसन’ को रुपमा लिने लिने गरेको उनी बताउँछन् । उनले आफ्नै युट्युब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

डा. भण्डारीकै पहलमा १० जना बिरामीको सफल कलेजो प्रत्यारोपण भइसकेको छ। उनी भन्छन्,’स्वदेशमा बसेर बिरामीको सेवा गर्न पाउँदाको खुसी यहाँबाहेक अन्यत्र पाउँदिनँ।’

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित