नेप्लिज अलाइन्स एसोसिएसनले अक्टुबर ६ मा दशैं तिहार कार्यक्रम गर्दै

लन्डन- नेप्लिज अलाइन्स एसोसिएसन (एनएए) यूकेले विगतका वर्षमा जस्तै यो वर्ष पनि दशैं तिहार कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपालीहरुको महान चाड बडादशैंको तथा दीपावलीको अवसर पारेर यही अक्टुबर ६ तारिख आइतबार लन्डनमस्थित फेल्थम एसेम्बली हलमा ‘दशैँ र तिहार’ शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रममा विभिन्न किसिमका नेपाली खानपानका साथै संस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।  कार्यक्रममा गायिका रेजिना परियार र गायक रविन लामिछानेले सांगीतिक प्रस्तुति दिने आयोजकले बताए ।

मेरी बास्सैकी लोकप्रिय कमेडियन ‘चम्सुरी’ को पनि प्रस्तुति रहनेछ भने र उनकी  छोरीले पनि नृत्य प्रस्तुत गर्नेछिन् ।

नेपाली चाडपर्व र संस्कृतिलाई जगेर्ना गर्दै भावी पुस्तामाँझ पनि निरन्तरता दिलाउने उद्देश्यले नेप्लिज अलाइन्स एसोसिएसनले नेपाली नयाँ वर्ष, तीज कार्यक्रम, दशैँ तिहारलगायतका नेपाली मौलिक चाडपर्वहरुमा विशेष कार्यक्रमको आयोजना गर्दै आएको आयोजकमध्यका आयोजकमध्येका लन्डन बरो हन्स्लो पूर्व मेयर एवम् काउन्सिलर विष्णु गुरुङले बताए ।

कार्यक्रममा नेपालीलगायत स्थानीय काउन्सिलका केहि विदेशी अतितिथिहरु पनि सहभागी हुने उनले बताए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित