गायिका सुशिला गौतमको ‘गुल्मी चन्द्रकोट’ बोलको पन्चेबाजा सार्वजनिक

लन्डन । गायिका सुशिला गौतमको ‘गुल्मी चन्द्रकोट’ बोलको पन्चेबाजा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुशिला गौतम र रेशम निर्दोषको स्वर तथा इश्वर सिंहको संगीत रहेको यस गीतमा रविन लामिछानेको शब्द सृजना छ । म्यूजिक भिडियोमा विनोद भण्डारी र सन्जना गुरुङको अभिनय र स्वयं भण्डारीकै निर्देशन छ ।

गुल्मीको चन्द्रकोट, शान्तिपुर, टिमुरे डाँडा, डिब्रुङ देवी मन्दिर लगायतका पर्यटकीय स्थानलाई समेटेर दिनेश पराजुलीले छायाँकन गरेका छन् भने मनोज कार्कीको सम्पादन छ । गीतको म्यूजिक भिडियो गायिका सुशिलाले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छन् ।

गुल्मीको शान्तिपुरमा जन्मिएकी चर्चित लोकदोहोरी गायिका गौतमले यसपटकको गीत आफ्नै जन्मभूमी सम्झिएर गाएको बताएकी छन् । साथै, गुल्मी जिल्लाको पर्यटन प्रवर्धन गर्न पनि म्यूजिक भिडियोले सहयोग पुग्ने उनको विश्वास छ ।

सांगीतिक कार्यक्रमका सिलसिलामा केही महिना अघि बेलायत आएकी सुशीलाले क्षेत्री समाज यूके र गुल्मी जिल्ला समाज यूकेको १६ औं वार्षिक भेला, क्याट यूकेले लन्डनमा गरेको च्यारिटी कार्यक्रमलगायत दर्जनौं सांगीतिक कार्यक्रम सकेर तिहार लगत्तै नेपाल फर्किएकी हुन् ।

दर्जनौं गीतमा आवाज दिएकी सुशिलाको पञ्चेबाजा ‘माइतीको माया’, तीजगीत ‘भुइं छोडेकी चरी’, ‘एक नजर लाइदेउ न माया’, ‘रातो भाले’ लगायत गीत दर्शकश्रोतामाझ लोकप्रिय छन् ।

म्यूजिक भिडियो- 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित