एनआरएनए केन्द्रीय युवा संयोजकमा अधिकारीको दावी

लन्डन । पोर्चुगलका युवा व्यवसायी रविन अधिकारीले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२०२५ कार्यकालका लागि युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही अक्टुबर १७ देखि २० सम्म हुने ११ औं महाधिवेशनमा उनी  युवा संयोजकको दावेदारको रुपमा प्रस्तुत भएका हुन् । एनआरएनएको राष्ट्रिय समन्वय परिषद् पोर्तुगलको नेतृत्व सम्हालिसकेका अधिकारी स्वच्छ छविका सफल व्यवसायी मानिन्छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको सदस्य(२०११-१३), पोर्चुगलको युवा संयोजक(२०१७-१९), आइसिसी सदस्य(२०१९-२१) र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अध्यक्ष (२०२१-२३) को सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएको र भविष्यमा थप योगदान  दिन सक्ने उनको धारणा छ  ।

संस्थासंगको १४ वर्ष लामो अनुभवका कारण भावी दिनहरुमा अझ थप योगदान पुर्याउने चाहनास्वरूप उम्मेद्वारी दिएको बताउछन्  । सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको बृहत सहभागिता’  भन्ने मूल नाराकासाथ् आगामी कार्यकालमा युवाहरुकालागि विशेष योजना लिएर अघि बढ्ने चाहनास्वरुप  उनले आफ्ना  विभिन्न ७ वटा प्रतिवद्धता र योजना प्रस्तुत गरेका छन् ।

१) ‘सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको बृहत सहभागिता’  भन्ने मूल भावनाका साथ संघमा युवा र नयाँ पुस्तालाई व्यापक सहभागिता बढाउने विशेष योजना ल्याइ कार्यान्वयन गराउनेछु ।

२) प्रवासमा रहेका युवाहरुलाई  फुटबल, भलिबल, क्रीकेट लगायतका खेलकुदहरुको माध्यमबाट जोड्न एनआरएन युवा खेलकुद कोष स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली खेलाडीहरुलाइ प्रोत्साहित गर्दै सहयोग पुर्याउने योजना ल्याइ कार्यान्वयन गर्नेछु ।

३) विदेश आएका कतिपय नेपाली युवाहरु आज विभिन्न खालको कुलत र समस्या पनि फसिरहेका छन् । उनीहरूलाई खेल लगायत विभिन्न साँस्कृतिक मनोरञ्जन कार्यक्रमबाट सकारात्मक सोच वृद्धि गराउनु र सही मार्गमा हिडाउनु आज हामी सबैको लागि चुनौती र दायित्व पनि हो । यसमा मेरो जोडदार प्रयास रहनेछ ।

४) रोजगारका लागी विदेश जान चाहने युवाहरुलाई नेपालमै रोजगारमूलक तालिम सन्चालन गरी जाने सम्बन्धित देशका NRNA NCC हरु संगको समन्वयमा दक्षता हासिल गरेको क्षेत्रमा रोजगारका लागी पहल गर्ने र त्यसको सुपरिवेक्षण गर्ने।

५) आइसिसी र एनसिसी बीचका युवाहरुलाई संयोजन गरी आपसी सहयोग अभिवृद्धि र आइपर्ने विभिन्न समस्या समाधानका लागि आइसिसीको तर्फबाट एनसिसीका युवा संयोजकहरुलाई समेटी एक संयन्त्र गठन गर्न प्रयत्न गर्नेछु र एनसिसीका युवाहरुको भावनालाई आइसिसीसम्म पुर्याउन प्रयत्न गर्नेछु ।

६) विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्ताका युवा वर्गलाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा,संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्नेछु ।

७) ‘नेपालीका लागि नेपाली’ र ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

रविन अधिकारी

केन्द्रीय युवा संयोजकको उम्मेदवार (२०२३-२५)

गैरआवासीय नेपाली संघ

अन्तर्राष्ट्रिय समन्वय परिषद ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित