नेपाल पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व

काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासंघ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।

प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४२८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरे ।

शर्माले विष्टलाई १०७९ मतको अन्तरमा पराजित गरेकी हुन् । महासंघको इतिहासमा शर्मा पहिलोपटक महिला अध्यक्ष बनेकी हुन् ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मतका साथ विजयी भएका छन् भने महिला उपाध्यक्षमा नितु पण्डित ४ हजार ७०५, उपाध्यक्ष समावेशीमा उमिद प्रसाद बागचन्द ४ हजार २९२ मतका साथ विजयी भए ।

यसैगरी महासचिवमा रामप्रसाद दाहाल ४ हजार ८४, खुला सचिवमा रमेश खतिवडा ३४००, महिला सचिवमा सोनी शर्मा ४३४७, दलित सचिवमा प्रकाश धौलाकोटी ४११०, एसोसिएट सचिवमा वैकुण्ठराज पराजुली ३६४५ र कोषाध्यक्षमा रामकृष्ण अधिकारी ३८४७ मतसहित निर्वाचित भएका छन् ।

निर्वाचित सदस्यहरुको सूची-

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित