पत्रकार महासंघ केन्द्रको चुनाव थप अन्योलमा, अध्यक्षले दिए राजिनामा

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रको निर्वाचन थप अन्यौलमा परेपछि महासंघका अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् ।

दोस्रो पटक पनि निर्वाचन अनिश्चित बनेपछि उनले राजीनामा दिएका हुन् । पत्रकार महासंघको आइतबार बसेको केन्द्रीय समितिको बैठकमा मतदाताको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने पोखरेलली  अडान राख्दै आएका थिए ।

यद्धपि  अन्य सदस्यहरुले भने विवाद समाधान भएपछि मात्र नामावली सार्वजनिक गरिनुपर्ने धारणा राखेका थिए ।

नामावली सार्वजनिक गर्न नसकेपछि असोज ५ मा हुने भनिएको अधिवेशन पनि थप  अन्यौलमा  परेका कारण अध्यक्ष पोखरेलले राजीनामा दिएको बताइएको छ ।

पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो ।  असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकिसकिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित