काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रको निर्वाचन थप अन्यौलमा परेपछि महासंघका अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् ।
दोस्रो पटक पनि निर्वाचन अनिश्चित बनेपछि उनले राजीनामा दिएका हुन् । पत्रकार महासंघको आइतबार बसेको केन्द्रीय समितिको बैठकमा मतदाताको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने पोखरेलली अडान राख्दै आएका थिए ।
यद्धपि अन्य सदस्यहरुले भने विवाद समाधान भएपछि मात्र नामावली सार्वजनिक गरिनुपर्ने धारणा राखेका थिए ।
नामावली सार्वजनिक गर्न नसकेपछि असोज ५ मा हुने भनिएको अधिवेशन पनि थप अन्यौलमा परेका कारण अध्यक्ष पोखरेलले राजीनामा दिएको बताइएको छ ।
पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो । असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकिसकिएको छ ।