क्षेत्री समाज बेलायतको १९औँ वार्षिक भेटघाट सम्पन्न, इतिहास समेटिएको पुस्तक विमोचन
लन्डन। क्षेत्री समाज बेलायत (CSUK) को १९औँ वार्षिक भेटघाट कार्यक्रम आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। समाजका अध्यक्ष क्याप्टेन टेक जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट गोर्खा अधिकृत कर्नेल विजयकुमार रावत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। अध्यक्ष, प्रमुख अतिथि, संरक्षक तथा संस्थापक अध्यक्षले गुल्मेली नौमती बाजाको मंगलधुनसँगै दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। मौलिक नौमती बाजाको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र सांस्कृतिक गरिमा प्रदान गरेको थियो। कार्यक्रमकै अवसरमा शिला थापा केसीको संयोजकत्वमा प्रकाशित ‘Milestone & Memories: The Third Edition’ पुस्तकको विमोचन गरिएको थियो। २२४ पृष्ठको उक्त पुस्तकमा नेपाली र अंग्रेजी भाषाका ४२ वटा लेख
थाइल्याण्डका वैज्ञानिकले गरेको अनुसन्धानले अब तालु खुइलेका पनि दिन फर्किएको देखाएको छ । अब उनीहरुको तालुमा आलु झैं कपालको...