नेपाली नयाँ वर्ष कार्यक्रमको तयारीमा नेप्लिज अलाइन्स एसोसिएसन यूके

लन्डन- नेप्लिज अलाइन्स एसोसिएसन (एनएए) यूकेले नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर शुभकामना आदानप्रदान साथै भूपू गोर्खाहरूका लागि पनि जानकारीमूलक विशेष कार्यक्रम गर्ने भएको छ । अप्रिल १३ शनिबार लन्डनस्थित फेल्थम एसेम्बली हलमा आयोजना गर्न लागिएको नेपाली नयाँ वर्ष कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसहित स्थानीय मेयर, डेपुटी मेयरलगायत स्वदेशी तथा विदेशी पाहुनाहरुको सहभागिता रहने आयोजकमध्येका लन्डन बरो हन्स्लो पूर्व मेयर एवम् काउन्सिलर विष्णु गुरुङले बताए । कार्यक्रममा सपन राई, निर्जला गुरुङ, सबिन गुरुङलगायत कलाकारहरुले सांगीतिक प्रस्तुति दिनेछन् । नेपाली कला संस्कृति र परम्परा जगेर्ना गर्ने तथा यसलाई निरन्तरता दिने उद्देश्यले एसोसिएसनले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सोही अवसरमा

Ads
Advertisement

Gurkha Radio- गोर्खा रेडियो