आमा जीवनको साहसी प्रोफेसर हुन्

टोमस सानो छँदाको कुरो हो । एकदिन उनी स्कुलबाट घर आउनासाथ आफ्नी आमालाई स्कुलले दिएको चिठी आमाको हातमा पार्दै भने, “आमा, सरले भन्नुभा’को ! सरासर घर जानासाथ आमालाई यो चिठी दिनू तर अरु कसैलाई पनि यो नदेखाउनू । के रै’च हेर्नोस् त !”

टोमसकी आमाले चिठी खोलेर पढिन्, गहभरि आँसु बनाएर भक्कानिइन् । टोमसले आमालाई त्यसरी रोएको देखेर आत्तिदै सोधे, “आमा! के लेख्या रै’च र चिठीमा ?”

आमाले चिठीको पानामा हेरेर सुनाइन्, “अभिभावाकज्यू तपाईंको छोरा टोमस बढो प्रतिभाशाली छ। यो स्कुल उसले पढ्नका लागि सुहाउँदैन । उसलाई पढाउन सक्ने हाम्रो स्कुलमा शिक्षक छँदा पनि छैनन् । त्यसैले उसलाई आफै आफ्नै घरमा राखेर पढाउनु होला !”

टोमसकी आमा शिक्षक थिइन् । उनले टोमसलाई भोलिपल्टदेखि घरमै राखिन्, घरमै पढाइन् ।

उनी तिनै टोमस अल्भा एडिसन थिए जो पछि विश्वकै चर्चित आविष्कारक र वैज्ञानिकका रुपमा चिनिए । उनले लाइट बल्ब, फोनोग्राफ, सिनेमा जस्ता दर्जनौँ नयाँ यन्त्रहरुको आविष्कार र विकास गरे ।

उनी विश्वमा सताब्दीकै प्रख्यात वैज्ञानिक बनेर चिनिएको केही समयपछि उनको आमाको मृत्यु भयो ।

आमाको मृत्यु भएपछि एक दिन टोमसले आफ्नै घरमा पुराना सामान खोतल्दा उनले आफ्नी ममतामयी आमाको टेबुलको घर्रामा एउटा चिठी भेट्टाए । यो उही चिठी थियो जुन उनले स्कुलबाट ल्याएका थिए र उनी त्यसपछि स्कुल पढ्न कहिल्यै गएनन्।

यसपटक उनले त्यो चिठी पूरै आफै पढे । चिठीमा लेखिएको थियो: “अभिभावकज्यू तपाईँको छोरो टोमस मन्द बुद्धिको छ, राम्ररी सोच्न सक्दैन । कलासमा सधैं अलमलमा परिरहेको हुन्छ । खासमा उसको लेखपढ गर्ने क्षमता नै छैन । त्यसैले उसलाई स्कुलबाट निष्कासित गरिएको छ । भोलिदेखि स्कुल नपठाउनुहोला।”

चिठी पढिसकेपछि वयस्क उमेरका आविष्कारक एवं वैज्ञानिक टोमस एडिसन घन्टौं रोए । पछि उनी आफै सम्हालिए र उनले आफ्नो डायरीमा यस्तो लेखे:

“टोमस एडिसन मन्दबुद्धिको दिग्भ्रमित बच्चो थियो । तर उनकी महान साहसी आमाले उनलाई शताब्दीकै प्रतिभाशाली व्यक्ति बनाइन् ।”

बास्तवमा टोमस एडिसनले स्कुले शिक्षा पूरा १ बर्ष पनि पाएका थिएनन् । जति पढे, त्यस घटनापछि आमासँग पढे र आफै स्वअध्ययन गरे । अझ १२ बर्षको उमेरमा टेक्दा नटेक्दै उनी लगभग बहिरा भइसकेका थिए ।

टोमस एडिसनकी आमाले जस्तै हरेक आमाले आफ्ना सन्तानलाई यो संसारमा बाँच्न र आफ्नो अस्तित्व देखाउन सिकाएका हुन्छन् । हरेक आमा हामी हरेकका जीवनका साहसी प्रोफेसर हुन् । संसारमा चिनिनु नचिनिनु सापेक्षिक कुरो भयो । हाम्रो अस्तित्व स्थापित गर्ने आमाले नै हो ।

डिकेन्द्र ढकालजीको पोष्टबाट साभार 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित