Home > Programs > Gurkha News

Gurkha News

गुल्मीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता

गुल्मी । गुल्मीमा बडीगाड खोला तर्ने क्रमम क्रममा बगेर २ जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तिलारा निवासी २१ वर्षिय दिपक बिक, ५ वर्षिय गरिमा बिक बडिगाड खोलामा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । मंगलवार छल्दी र बडिगाड …

Read More »

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, रिक्त सभामुख पदका विषयमा समेत छलफल हुने जनाइएको छ। नेकपाले आजै दिउँसो विभिन्न चाडपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको …

Read More »

विमानस्थलमा तोडफोड गर्ने राजपा सांसद साह पक्राउ

काठमाडौं। जनकपुरमा बुद्ध एयरको टिकट काउण्टर तोडफोड गरेको अभियोगमा राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साह पक्राउ परेका छन्। उनलाई मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो। महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरी जनकपुर पठाउँदैछ । जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा उजुरी परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। पक्राउ पूर्जी बनेकाले …

Read More »

४ किलो चरेस बोकेर हिँडिरहेका २ जना गोङ्गबुबाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले झोलामा चरेस बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई …

Read More »

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यान्मार जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि (असोज २९-कात्तिक ३ गतेसम्म) देखिपाँच दिने राजकीय भ्रमणमा म्यानमार जाने भएकी छिन् । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान …

Read More »

पारसले दिए कप्तानबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा दिएका छन् । मंगलबार उनले कप्तानबाट राजीनामा दिएका हुन्। उनले सामाजिक सञ्जालमा कप्तानीबाट राजीनामा दिएको घोषणा गरेका छन्। २००९ मा नेपाली टिमको कप्तान बनेका पारसले १० वर्ष नेपाली क्रिकेटको नेतृत्व गर्दा नेपाललाई डिभिजन फाइभबाट ओडिआई स्टाटससम्म पुर्याए भने २०१४ …

Read More »

एन आर एन एमा काङ्रेस काङ्रेस भिडन्त

काठमाडौं । महिनौं अघिदेखि एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव पदका उम्मेदवारहरुको चर्चा चल्यो । बेलायतका डा. हेमराज शर्मा, अमेरिकाबाट डा.केशव पौडेल, मध्यपुर्वका डम्बरबहादुर (डीबी) क्षेत्री र बेल्जियम निवासी व्यवसायी जानकी गुरुङको नाम चुनावको दुई दिन अघिसम्म महासचिवका लागि चर्चामा रह्यो । अन्ततः सोमबार अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले जानकी गुरुङलाई …

Read More »

जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

टोकियो (रासस/एएफपी/सिन्ह्वा)। जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने देखिएको छ । खोजी तथा उद्धार कार्य जारी रहेको र कैयौ व्यक्तिहरु बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सङ्ख्या …

Read More »

मिनी चिडियाघरमै वन्यजन्तु असुरक्षित

झापा । पर्यटक आकर्षणका लागि झापाका थुप्रै सामुदायिक वनले मिनी चिडियाघरका नाममा पालेका वन्यजन्तु असुरक्षित भएका छन् । मेचीनगर–११ मा रहेको बाँसबारी सामुदायिक वनमा तारजालीको कडा घेराभित्र पालिएका चार वयस्क हरिणलाई एक महीनाअघि कुकुरले चिथोरेर मारेपछि चिडियाघरका वन्यजन्तुको सुरक्षामा प्रश्न उठन थालेको छ । एकैखेपमा यति धेरै दुर्लभ वन्यजन्तु मारिएपछि …

Read More »

त्रिविमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गरिने

काठमाडौँ — नेपाल र चीनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने समझदारी भएको छ । चिनियाँ राष्ट्रपति सीको भ्रमणक्रममा आइतबार त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच त्रिविमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले चिनियाँ भाषा प्रवर्द्धन, अध्ययन, अनुसन्धानका निम्ति कन्फ्युसियस …

Read More »

१२ वर्षअघिको हत्यामा सांसद आलम पक्राउ

गौर : १२ वर्षअघि इँटाभट्टामा जलाएर दुईजनाको हत्या गरेको अभियोग लागेका सांसद मो अफताब आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सर्वाेच्च अदालतले उनलाई नियन्त्रणमा लिई ‘कानुनी कारबाही गर्न’ ७ वर्षअघि आदेश दिएको थियो । त्यसयता उनी दुईपटक संसद् सदस्यमा प्रतिस्पर्धा गरिसके । २०७० मा हारे र २०७४ मा जिते …

Read More »

नेपाल र भारतका ऊर्जा सचिवको बैठक शुरु हुँदै

काठमाडौं। नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुँदैछ। बैठक दुई दिनसम्म चल्ने सो बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफलसहित सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए। बैठकमा नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन’ …

Read More »

दुई दिने राजकीय भ्रमण पूरा गरेर चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ता

गोर्खा अनलाइन रेडियो, लन्डन राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी सी चिनफिङ आज अपरान्ह स्वदेश फर्किएका छन्। नेपालमा रहँदा राष्ट्रपति सीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ दल नेपाल …

Read More »

नेपाल र चीनबीच विभिन्न सम्झौता पत्रमा हस्ताक्षर

गोर्खा अनलाइन रेडियो,लन्डन आफ्नो दुइ दिवसीय भ्रमणका क्रममा नेपाल आएका चिनियाँ राष्ट्रपति सी र नेपालका प्रधानमन्त्री केपी शर्मा वली बीच विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल र चीनबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी …

Read More »

आज कोजाग्रत पूर्णिमा, यसपालीको बडादशैंको अन्तिम दिन

गोर्खा अनलाइन रेडियो लन्डन, नेपालीहरुको महान पर्व बडा दशैं आजा कोजाग्रत पूर्णिमाको दिनबाट समाप्त हुदैछ । आज आश्विन शुक्ल पूर्णिमाका अर्थात कोजाग्रत पूर्णिमाको दिन भएको हुँदा आज साँझ महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर बडा दशैंको अन्तिम दिनको रुपमा मनाउने प्रचलन रहेको छ । कोजाग्रात पूर्णिमाको पूजा सँगै यो वर्षको …

Read More »

पत्रकारद्वय अर्याल र सेजनलाई एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने

गोर्खा अनलाइन रेडियो, लन्डन गैरआवासीय नेपाली संघ वेलायतको सकृयतामा स्थापना गरिएको यस वर्षको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतमा सक्रिय पत्रकार ध्रुवराज अर्याल र नेपालस्थित आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । १ लाख रुपियाँ राशीको एनआरएनए पत्रकारिता पुरस्कार हरेक दुई वर्षमा नेपाल तथा नेपालबाहिर …

Read More »