फुर्सद हुन्न जागिर खाएसी, चांडझैं लाग्छ शनिबार आएसी सधैं कामको काम, भोलि शनिवार बिदा छ आज शुक्रबार हिड घुम्न जाउँ – देवी घर्ती र अमित सापकोटाको स्वरमा सजिएको “भोलि शनिबार” बोलको लोक गीतले साताभरि काम गरेर छुट्टीको प्रतिक्षा गरिरहेका जो कोहीलाई, अनि माया प्रेमको बन्दनमा परेका मायालु जोडीहरूको त झनै मनै छोइदिन्छ । हुन त छुट्टीमा मायालुसँग मात्र हैन आफ्नो परिवारसँग पनि घुम्नुपर्छ अनि रमाउनुपर्छ । यस्तै भावनाहरूलाई संगालेर एक नारायण भण्डारीले सृजना गरेका शब्द अनि उनको आफ्नै संगीत रहेको यस गीतको म्यूजिक भीडीयोमा मन्जीता के.सी. र आशिष सापकोटाले अभिनय गरेका छन् । यसमा नारायण ढकालको निर्देशन, मनोज चौलागाईंको सम्पादन अनि विरेन्द्र भट्टको छायांकन रहेको छ । दृश्य निर्माणमा ढकाल क्रियसनले भूमिका निभाएको छ ।
उक्त गीतको म्युजिक भीडियो हेर्नको लागि तल प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।