लन्डन, नेपाली सांगीतिक आकाशमा निकै चर्चा र बिरोधको बाबजूद पनि आफूलाई देश विदेशका दर्शकहरु समक्ष्य एक सफल कलाकारको रुपमा स्थापित गर्न सफल गायिका तथा मोडलको नाम हो ज्योति मगर । “हट र सेक्सी” को उपनामबाट सम्मानित ज्योतिलाई छोटो कपडामा देख्दा बिरोध गर्नेहरु भन्दा छोटो कपडामा नै हेर्न रुचाउने दर्शकहरु नै बढी छन् । विभिन्न मुलुकको भ्रमण गरिसकेकी ज्योतिलाई बेलायत आउन भने निकै शास्ती खेप्नुपरेको थियो । तर भर्खरै मात्र सपन इन्टरटेन्टमेन्ट यूकेको आयोजनामा गरिएको “बब्बाल धमाका” नामक कार्यक्रमको लागि भने ज्योतिले बेलायतमा आउने मौका पाएकी थिइन् । बेलायतमा कार्यक्रमको शिलशिलामा रहंदा बेलायतको मिडिया क्षेत्रमा रहेका एक सफल र कुशल व्यक्तिको रुपमा आफूलाई परिचित अनि स्थापित गराइसकेका के.के.मुभिज प्रोडकशनका निर्देशक तथा कान्तिपुर टेलिभिजनसंग समेत आवद्द रहेका कुशल श्रेष्ठले आफ्नो भर्खरै शुरुवात गरिएको नयाँ कार्यक्रम “ईन फोकस” मा कुराकानी गरेका थिए । जुन कुराकानीमा आफूलाई छोटो लुगाको प्रस्तुतिमा नै दर्शकले रुचाउने, बिरोध र आलोचना गर्नेहरु रास्ट्रिय स्तरका मिडिया नभई आफ्नो ब्लगलाई चर्चामा ल्याउन चाहनेहरु मात्र भएको र बिहे गर्न आफू तयारी अवस्थामा रहेको कुरा उल्लेख गरेकीछन । गायिका तथा मोडल ज्योति मगरसंगको कुराकानीलाई विस्तृत रुपमा हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।






