उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा बेलायतको विदेश मन्त्रालयद्वारा आयोजना गरिएको विशेष समारोहमा भाग लिन गत बुधबर बिहान लन्डन आएका हुन् । नेपाल बेलायत कूटनीति सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको अवसरमा लन्डनमा विशेष कार्यक्रम आयोजना गरिएको हो । बेलायतको विदेश मन्त्रालयद्वारा बुधवार आयोजना गरिएको विशेष समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र बेलायतको सम्बन्ध ऐतिहासीक रहेको बताए । समारोहमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायरले बेलायतले नेपाललाई भूकम्प पछि मात्र करिब ७५ मिलियन पाउण्ड सहयोग गरेको कुरा उल्लेख गरेका थिए । सोहि भ्रमणको अवसर पारेर बीबीसीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थपासंग एक अन्तरवार्ता लिएको थियो । भूकम्प, नाकाबन्दी र संबिधान लगाएतका बिषयबस्तुमा आधारित रहेर गरिएको उक्त कुराकानी सुन्नको लागि तलको लिंकमा जान सक्नुहुनेछ । साभार-अनलाइन
बेलायत भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासंगको कुराकानी,
बेलायत भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासंगको कुराकानी,
तपाईको प्रतिक्रिया