प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू,
सादर प्रणाम
स्वदेशको पीडाले भित्र भित्रै जलेर भएपनि बाध्य भएर आरामै रहने प्रयाश गरेकोछु । म त प्रदेशमा छु मलाइ कुनै कुराको कमि नहोला, तर मेरा परिवार, आफन्त अनि समस्त नेपालीहरुको दुख दर्द र पीडाले छटपट्टीएर बाँच्न बाध्य भएकोछु ।भूकम्पले घरबारबिहिन बनाइदिएका मेरा हजुरबाबा पाल मुनिको चिसो भुइंमा बसिरहनु भएकोछ, हजुर्मुमाको त पापी भूकम्पले ज्यान नै लियो । आमालाई घाइते बानायो अझै निको भएकोछैन अस्पतालको बेडमा औषधिको सहारामा मृत्युको घडीलाई कुर्दै हुनुहुन्छ । एक हप्ता अघि मात्र अस्पतालको बेडबाटै आमाले भन्नुभएको थियो अब एकमहिना औषधि खाएपछि ठिक हुन्छ अनि म घर जान पाउँछु रे डाक्टरले भनेको छ, हर्षको आँशु झार्दै टेलिफोनमा आमाले भन्नुभएको थियो, तर आज ३/४ दिनदेखि आमाले खाने औषधि सकिएकोछ रे औषधीका अभावका कारण आमा अचेत हुनुभाकोछ रे……। बाँकी तलको लिंकमा सुन्नुहोला ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुल्ला पत्र
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुल्ला पत्र
तपाईको प्रतिक्रिया