गैर आवासीय नेपालि संघ यूकेको केहि दिनअगाडि निर्माण गरिएकाे नयाँ कार्यकारी समितिका नयाँ महासचिव विजय विक्रम लिङ्देनकाे उनकाे पहिलाे कार्य शैलीबाट निक्कै नै अालाेचना भएकाे छ । पर्याप्त रूपमा अभ्यास नगरी कनै कार्यक्रम सञ्चालन गर्न लागि पर्नु उनकाे अमान्य हठ मात्र भएकाे मानिएकाे छ । बाराम्बार गल्ती गर्दै माफी माग्ने पन निक्कै हाँसाेलाग्दाे भनिएकाे छ । खासगरी बेलायतमा गैरअावासीय नेपाली संघ र नेपाल पत्रकार महासँघ बीचकाे समन्वयतामा यहाँ भइरहने विभिन्न कामहरूका निरन्तरतामा याे कार्यसमितिकाे खासगरी लिङ्देनकाे शैलीले अप्ठ्याराे पार्न सक्ने संकेत हिजाेकाे कार्यक्रममा देखिएकाे छ । संस्थाका केन्द्रीय अध्यक्षसँग केही अन्तरक्रिया गर्ने कार्यक्रम पहिले नै तय भइसकेकाे र साेअन्तर्गत पत्रकारहरू तयार भएकाेमा संस्थाका विविध व्यक्तित्वहरूलार्इ घलेकाे हातबाट सम्मानित गराउने अनि उही र उस्तै मानिसहरूबाट मन्तव्य राख्न दिर्इ ज्यादा समय खर्चेर अन्तिमकाे अन्तरक्रियात्मक कार्यक्रमलार्इ खारेज गरेकाे भनी नेपाल पत्रकार महासँघ बेलायत शाखाका अध्यक्ष चिरन शर्माले कडा रूपमा अाफ्नाे विराेध जनाएका थिए । सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस ।