नमस्ते
म तपाईँको देश नेपालमा केही महिना अगाडि आएँ। अनि तपार्इँको ट्याक्सीमा धेरैपल्ट चढेर तपाईँले बाटोमा ट्याक्सी चलाएको हेर्ने मौका पाएँ। यसबारे मलाइ केही प्रभाव परेकाले म तपाईँलाई यस चिठ्ठीका माध्यमबाट केही भन्न चाहन्छु।
ट्याक्सी चलाउने काम तपाईँलाई निकै गाह्रो र सधैं धेरै जोखिम छ । उदाहरणका लागि ट्राफिक दुर्घटना, मादक पदार्थ सेवन गरेका यात्रुसँग झमेला, लुटेराहरूसँग सामना आदी । केही यात्रुहरू आफ्नो गन्तव्य स्थानमा सकेसम्म छिटो पु¥याइदिन भन्छन्, त्यतिबेला होशियारीसाथ जोखिम लिएर पनि चलाउनुपर्छ । तर पर्खनुहोस्, अरु मान्छेको बारेमा पनि एक छिन सोच्नुहोस् । तपार्इँलाई थाहा छ, तपार्इँको ट्याक्सीबाट उनिहरू कस्तो आशा गर्लान् ? पानी परेका बेला, गह्रौं झोला बोकेका बेला, नयाँ सहरमा भएका बेला वा इमर्जेन्सीका बेला, उहाँहरू अरु सवारीसाधनलाई भन्दा धेरै पैसा तिरेर तपाईँको ट्याक्सी प्रयोग गर्नुहुन्छ । तपाईँको ट्याक्सीमा आरामदायी र सुरक्षित यात्रा गर्न चाहन्छन् । ट्याक्सी एउटा सार्वजनिक यातायात हो, तर बस, टेम्पोभन्दा फरक हुन्छ । तपार्इँ साँघुरो बाटोबाट पनि यात्रुको घरसम्म जानुपर्छ । कहिलेकाहीँ यात्रुहरूको गह्रौं झोला बोक्नु पनि पर्छ । एउटा विदेशी मान्छेको हेराइमा तपाईँं यति गाह्रो काम गर्दै हुनुहुन्छ कि त्यसकारण म तपार्इँलाई अझै राम्रो काम गर्दै हुनुहुन्छ कि त्यसकारण म तपार्इँलाई अझै राम्रो कमाइ गर्न तीन वटा तरीकाहरू सिकाइ दिन चाहन्छु । बाँकी पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।
सुन्नको लागि तकलो प्ले बटनमा क्लिक गर्नुहोला ।
साभार नागरिक न्यूज
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।