विश्व संगीत दिवसमा गायिका पाण्डेको ‘शुभकामना’ गीत सार्वजनिक

काठमाडौँ । विश्व संगीत दिवसको अवसर पारेर गायिका गीता पाण्डेको ‘शुभकामना’ बोलको अडियो गीत सार्वजनिक भएको छ । जीवनलाई सुन्दर बनाउन साहित्य,संगीत र कलाको अत्यन्त महत्व भएकोले कोरोना महामारीको समयमा पनि गायिका पाण्डेले सांगीतिक सृजनालाई निरन्तर अगाडी बढाउदै आएकी छन् ।

सानैदेखि कविता, गीत लेख्न रुचाउने जेम्स चौधरीको आफ्ना गीतलाई, संगीतको धुनमा उतार्न संगीतकार राजेश कुमार श्रेष्ठले संगीत भरेर इच्छा पूरा गरिदिनु भएको छ भने गायिका गीता पाण्डेले मीठो स्वर दिएकी छिन् ।

गीत संगीतलाई माया गर्ने गीतकार चौधरी सकेसम्म विभिन्न रेडियोको गीति कार्यक्रमहरु सुन्न छुटाउँदैनथे। रेडियोमा गीत बज्दा आफ्ना पनि गीत यसरी सुनाउँने धोको थियो उनी सम्झन्छन् ।

हाल अडियोमा रहेको गायिकाको गीत पछि आफ्नै युटुब च्यानल मार्फत भिडियोमा आउने बताए । ‘शुभकामना’ गीत डिजीटल प्ल्याटफर्ममा दामी म्युजिक एपमा सुन्न सकिने छ गायिकाको अधिकांश गीतहरु यस एपमा सुन्न सकिने छ।

विश्व संगीत दिवसमा संगीतकार श्रेष्ठले नेपाली संगीतले आफ्नो मौलिक सरगम बिश्व बजारमा छर्न सकोस साथै नेपाली मौलिक संगीत विश्व बजारमा पस्किनु पर्ने बताउनु हुन्छ। सकारात्मक संदेश फैलाउने काम यस गीतले गरेको छ ।

‘शुभकामना’ सरल भाषा शव्दमा तयार भएको गीतलाई एक पटक सुनेर कस्तो लाग्छ सुझाव,सल्लाह र प्रतिक्रिया दिनका लागि गायिकाले दर्शक,स्रोतालाई अनुरोध गर्नुभएको छ । गायिका गीता पाण्डेका अन्य गीतहरु वहाकै नाममा रहेको युटुब आइसकेका छन र नया गीतहरु आउने क्रममा रहेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित