खुमन अधिकारीको तीज गीत ‘नाइँ भन्न पाइँदैन ‘ टिकटकमा भाइरल

लन्डन । विशेष गरि हिन्दू नारीहरुको महान पर्व तीज नजिकिंदै गर्दा नेपाली कलाकारहरुले तीजका गीतहरु सार्वजनिक गर्न शुरु गरेका छन् । यसपालीको तिजको अवसर पारेर लोकप्रिय गायक खुमन अधिकारी र रमिला न्यौपानेको स्वरमा ‘नाइँ भन्न पाइदैन’ बोलको गित शनिबार सार्वजनिक भएकोछ ।

पछिल्लो समयमा गीत चर्चित  हुनको लागि टिकटकको महत्वपूर्ण भूमिका रहँदै आएको छ । ‘नाइँ भन्न पाईंदैन’  बोलको गीत एकैदिनमा  टिकटकमा निकै भाइरल बनेको  छ ।

हरेक वर्ष दर्जनौँको संख्यामा तीजका गीतहरु रेकर्ड गर्दै आएका गायक खुमन अधिकारीले यसपाली पनि आफ्नै युट्युब च्यानलबाट उक्त तीज गीत सार्वजनिक गरेका हुन् । गायक अधिकारीकै संगीत तथा बिनोद बाजुरालीको संगीत संयोजन रहेको यस गीतमा नेत्र अर्यालको शब्द सृजना रहेको छ ।

म्यूजिक  भिडियोमा बबिन ठकुरी, अर्जुन गौतम, धुर्ब हिमाली, रीना थापा मगर, दिपाशा बिसी र रुबिना अधिकारी लगायतको अभिनय रहेको छ । ‘ए सानु अलि वर आउ नाइँ भन्न पाइदैन’ गीत निकै कर्णप्रिय रहेको छ भने लोकप्रिय कलाकारहरुको अभिनयले भिडियोलाई थप आकर्षक बनाएको छ ।

धेरै दर्शक तथा स्रोताहरुले आफ्नै च्यानलबाट गीत हेर्ने र सुन्ने चाहना राखेकोले आफ्नै युत्युब च्यानलबाट ‘नाइँ भन्न पाइदैन’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छु, विगतमा जस्तो दर्शकसामू प्रत्यक्ष रुपमा पुग्न सहज नभएकोले संसारभरिका दर्शक सृताह्रुले गीतको भिडियो हेरेर मन पराउनुहुनेछ भन्ने आशा राखेको छु’ गायक खुमन अधिकारीले भने ।

‘नाइँ भन्न पाइदैन’ भिडियो हेर्नुहोस् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित