किन गरे त सुमन खरेलले कुर्सि बहिस्कार ?

Fullscreen capture 28072016 191034 लन्डन, नेपालको राजनैतिक खिचातानी र कुर्सिको होडबाजी देखेर बरिष्ठ संचारकर्मी सुमन खरेलले पनि कान्तिपुर टेलिभिजन मार्फत संचालन हुँदै आएको आफ्नो कार्यक्रम “सुमनसंगको” एक कार्यक्रममा देशमा भएको परिस्थितिलाई मध्यनजर गर्दै कुर्सि बहिस्कार गरेको भन्दै कार्यक्रम मार्फत नेपालका नेताहरुलाई एन्टिबायोटिकको ईन्जेक्शन दिने प्रयास गरेका छन् । तर बन्दूक र बारुद पचाएर आएका हाम्रा नेताहरुलाई के छोला र एन्टिबायोटिकको इन्जेक्शनले । हालैमात्र लण्डनको विश्व प्रशिद्द क्रिकेट मैदान लर्ड्समा एमसीसी र नेपालबीच भएको क्रिकेट खेल र उक्त खेलमा नेपालले गरेको विजयले नेपाललाई दिलाएको ऐतिहाँसिक सफलताले विश्वसामू नेपालको नाम उच्च रहन पुगेको सर्वविद्दित नै छ । तर सरकारको तर्फबाट पनि खेल र खेलाडीहरुलाई महत्व दिन सकेको खण्डमा यस्ता ऐतिहाँसिक सफलताहरु थुप्रै मिल्न सक्नेछन । कुर्सि र पदको फोहोरी खेलमा निरन्तर लागिपर्ने ति नेताहरुलाई देश र जनताको बारेमा सोच्ने फुर्सद कहिले पो मिल्ला र ? लर्ड्स क्रिकेट मैदान सम्बन्धि रोचक तथ्य र यसपटक लण्डनमा भएको एमसीसी र नेपालबीच भएको क्रिकेट खेल सम्बन्धि बिस्तृत जानकारीको लागि तलको प्ले बटनमा क्लिक गरेर हेर्न सक्नुहुनेछ

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट