क्षेत्री समाज यूकेद्वारा बाढीपीडितका लागि २३ लाख ८२ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा

लन्डन । क्षेत्री समाज यूके तथा क्षेत्री वेलफेयर फाउन्डेसन यूकेले नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि संकलन गरेको २३ लाख ८२ हजार ६१८ रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

संस्थाका प्रतिनिधिहरूले आइतबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो।

सांसद सोम शर्माको समन्वय तथा सहयोगमा सम्पन्न रकम हस्तान्तरण कार्यक्रममा क्षेत्री समाज यूकेका तर्फबाट बैकुण्ठ कुँवर, अधिवक्ता रोश्नी केसी तथा कानुनका विद्यार्थी एडमण्ड सिंह बस्नेत सहभागी थिए।

बेलायतस्थित नेपाली समुदाय, क्षेत्री समाज यूकेका सदस्य, शुभेच्छुक तथा विभिन्न दाताहरूको स्वस्फूर्त सहयोगबाट उक्त रकम संकलन गरिएको संस्थाले जनाएको छ।

रकम ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले प्राकृतिक विपद्बाट पीडित परिवारहरूको सहयोगका लागि बेलायतबाट उल्लेखनीय आर्थिक सहायता जुटाएकोमा क्षेत्री समाज यूके, क्षेत्री वेलफेयर फाउन्डेसन यूके तथा सम्पूर्ण दाताहरूप्रति धन्यवाद व्यक्त गरे।

आर्थिक सहयोग अभियान सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सांसद सोम शर्मा, प्रिन्टमेकर काठमाडौँकी अनु योगी, स्वयंसेवक तथा सम्पूर्ण दाताहरूप्रति क्षेत्री समाज यूकेले आभार व्यक्त गरेको छ।

रसुवाको भोटेकोशी क्षेत्रलगायत देशका विभिन्न भागमा बाढीपहिरोबाट अत्यन्त प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बेलायतमा व्यापक आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको क्षेत्री समाज यूकेका अध्यक्ष क्याप्टेन टेक जीसीले जानकारी दिए।

अध्यक्ष जीसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल विपद्को कठिन घडीमा रहेका बेला क्षेत्री समाज यूकेसँगै उभिएर सहयोग गर्नुहुने सम्पूर्ण दाताहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ।”

क्षेत्री समाज यूकेले नेपालमा प्राकृतिक विपद् तथा संकट उत्पन्न भएका बेला बेलायतस्थित नेपाली समुदायलाई एकीकृत गर्दै मातृभूमिप्रति सहयोग र ऐक्यबद्धता जनाउन लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित