सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
लेखक-गङ्गा खड्का
प्रस्तोता-अनु अधिकारी
सम्मानीय प्रधानमन्त्री ज्यु,
सञ्चै हुनुहुन्छ होला । तपाई सञ्चै भएको कुरा त हामीले प्रत्येक दिनको समाचारबाट थाहा पाउँछौं । तर हाम्रो अवस्था जानकारी गराउन हजुरलाई सम्बोधन गरेर यो पत्र लेख्दैछु । मेरो नाम गंगा खड्का हो । मेरो घर गुल्मी हो । तपाईंले ल्याउनुभएका नयाँनयाँ योजना म दैनिक सुन्ने र पढ्ने गरेको छ । योजना कार्यन्वयन भए देशले निकास पाउनेछ । त्यसैले तपाईंका योजना सफल हुन् तपाईंलाई शुभकामना । तपाईं भाग्यशाली प्रधानमन्त्री हुनुहुन्छ । जसले हजुरलाई जन्माउनु भयो उहाँ महानआमा प्रति म सम्मान ब्यक्त गर्दछु । तर हजुरलाई यो कुरा थाहा छ की छैन हजुर जन्मनु भन्दा अगाडी हजुरको आमा पनि प्राकृतिक अनुपम बरदानको रुपमा महिनावारी हुनुभयो । महिनावारी वा रजस्वला हामी महिलाहरुमा हुने सामन्य प्राकृतिक प्रक्रिया हो । जुन प्रक्रियाले विश्वका त्यस्ता मानवहरु जन्मिन सकिरहेका छन् । त्यस्तै मध्येको हजुर पनि एक सपूत हो । हामी महिलाहरुमा महिनावारी हुदैन्थ्यो त सायदै सृष्टिको निरन्तरता पनि सम्भव हुँदैनथ्यो होला । यस विषयमा म भन्दा तपाईं बढी जानकार हुनुहुन्छ । तर यहि प्रक्रियालाई हामीले किन अनुपम बरदानको रुपमा लिन नसकी शारीरिक पीडाको रुपमा लिनुपर्ने बाध्यतामा छौँ । पूरा पढ्नको लागि यहाँ क्लिक गर्नुहोला
।
साभार-अन्नपूर्ण पोष्ट






