गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष्य शेष घले तथा श्रीमती जमुना घले यहि सोमबारका दिन बेलायतको अल्डरसटमा आयोजित एक च्यारिटी डिनरमा उपस्थिति भएका थिए । काठमाण्डौमा निर्माण गर्न लागिएको एनआरएनको मुख्य भवनको लागि रकम जम्मा गर्ने शिलशिलामा उनिहरु बेलायत आएका हुन् । एनआरएन यूकेका अध्यक्ष्य मुछेत्र गुरुंगको सभापतित्वमा संचालन गरिएको उक्त समारोहमा प्रमुख अतिथि बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेज बहादुर क्षेत्री रहेका थिए भने अध्यक्ष्य शेष घले विशेष अतिथि रहेका थिए । नेपाल तथा बेलायत दुवै देशका रास्ट्रिय धुनका साथमा कार्यबाहक राजदूत तेज बहादुर क्षेत्री र अध्यक्ष्य शेष घलेले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । एनआरएका लागि स्नेहा श्रेष्ठले तयार पारेको गीत लगायत अन्य बिबिध सांगीतिक कार्यक्रमहरुको प्रस्तुति समेत रहेको थियो । कार्यक्रममा आइसीसी संरक्षक दिल गुरुङ, आइसीसी सल्लाहकार तथा विधान संयोजक डा. हेमराज शर्मा, आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, पिजी शेर्पा, आइसीसी सचिव अर्जुनकुमार श्रेष्ठ, एनआरएनए युरोप संयोजक कुल आचार्य, अमेरिका संयोजक सोनम लामा, एनआरएनए युरोप उपसंयोजक प्रेम गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, डमर घले र महेन्द्र कंडेल, डेनमार्कबाट आइसीसी सदस्य सोम सापकोटा, यूकेबाट आइसीसी सदस्य कृष्ण तिमिल्सिना, नेपालबाट आएका युवा नेता सिजन गुरुङ लगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।
सो अवसरमा अध्यक्ष्य घलेद्वारा झन्डै आधा घन्टा लामो भाषण गरेका थिए । सोहि भाषणका क्रममा घलेले एनआरएन ओभरड्यू भैसकेको र यसको पुनर्संरचना गर्न आवश्यक रहेको कुराको खुलासा गरेका थिए । कुनै पनि संघ संस्था होस् अन्य कुनै पनि निकाय किन नहोस निश्चित समयमा त्यसलाई परिमार्जित गर्दै लैजानुपर्ने र एनआरएनमा पनि लामो समय देखि एकै ढाँचामा चल्दै आएको हुँदा यसको संरचनामा परिवर्तन गरिनुपर्ने उनको धारणा रहेकोछ ।
प्रस्तुत छ अध्यक्ष्य घलेद्वारा प्रस्तुत भाषनको पूर्ण विवरण ।