केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक थापा माइथाने

लन्डन– केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक माइथाने थापा मगर निर्विरोध निर्वाचित भएका छन् ।रुपन्देहीको कञ्चन ४ रुद्रपुर दियो बजार स्थायी घर भई हाल यूके रहेका माइथाने मगर युवा संघ, यूकेको चौंथो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन्।

उक्त अधिवेशनले उपाध्यक्षमा करिश्मा थापा मगर (वेम्ली) र सन्दीप राना, महासचिवमा विपना थापा मगर (युएचएसवी), सचिव मेरिन पाइजा (युएचएसवी), सहसचिवमा विपस छन्त्याल (युएचएसवी), कोषाध्यक्ष दीपा सोमै मगर (वेम्ली), सहकोषाध्यक्षमा पवन राना मगर (वेल्स) र दिलुमाया राना मगर (वेष्ट लन्डन), सञ्चार सचिव महेश बुढा मगर, सह सञ्चार सचिवमा किरन थापा मगर (वेष्ट लन्डन), सांस्कृतिक सचिव दिलु थापा मगर (प्लमस्टिड), सांस्कृतिक सचिव बुद्धि सरु मगर (वेम्ली) र दिनेश थापा मगर (प्लमस्टिड), प्राविधिक संयोजक विकल थापा मगर (केन्ट) लाई निर्वाचित गरेको छ ।

यसैगरी सदस्यहरुमा हिरा आले मगर (मोर्डन), यादव गाहा (क्याट्रीक), रेशम थापा मगर (क्याट्रीक), सभ्यता पुन (केन्ट), समिरा रोका मगर (केन्ट), शेरबहादुर रोका मगर (वेम्ली), प्रकाश घर्ती मगर (रेडिङ शाखा) र नूतन सिरिस (टनब्रीज) निर्वाचित भए ।

विभिन्न म्यूजिक भिडियोमा अभिनय समेत गरेका दीपक थापा मगर संगीत तथा गीत सर्जक हुन् । बेलायतमा रहेर नेपाली गीत संगीत क्षेत्रमा योगदान दिएका नवनिर्वाचित अध्यक्ष मगरलाई मगर संघ, यूकेकी निवर्तमान अध्यक्ष सिता पूर्जा पुन मगरले सम्मान समेत गरेकी थिइन्

सन् २००९ मा अध्ययन सिलसिलामा यूके आएका माइथानेले केन्द्रिय मगर संघ युथ यूके उपाध्यक्ष, यती नेपाली एसोसिएसन यूके, गुल्मी जिल्ला समाज यूके, प्रतिभा नक्षेत्र यूके र मगर संघ यूके वेम्ब्ली शाखाको सांस्कृतिक सचिव, वेम्ली मिफुरुङ युथ यूकेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेर संस्थागत नेतृत्व गरिसकेका छन् ।

सन् २०१६ मा मगर युवा संघ यूकेको स्थापनाका लागि मगर संघ यूके पूर्व अध्यक्षहरु नेम थापा मगर र लाल पुन मगरको उल्लेख्य भूमिका थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित