लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङलागायत सिंगो कार्यसमितिले शपथ ग्रहण गरेको छ । लन्डनस्थित हयारो बरो फुटबल क्लवमा आइतबारआयोजित एक कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले शपथ लिएको हो ।

नवनिर्वाचित टिमलाई एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्य, केन्द्रीय उपाध्यक्ष डा. हेमराज शर्मा, उपमहासचिव रामशरण सिम्खडा, युरोप संयोजक दयानिधि सापकोटालगायतले बधाई तथा प्रमाणपत्र प्रदान गरे ।
गत २२ जुलाईमा सम्पन्न अनलाइन निर्वाचनबाट ११ औं कार्यसमिति अध्यक्ष हित काजी गुरुङ तमूधिं यूकेका निवर्तमान अध्यक्ष समेत हुन् । अध्यक्ष गुरुङ बेलायतमा रहेका विभिन्न संघसंस्थाहरुमा आवद्ध हुंदै आएका छन् । अध्यक्षका दुई प्रत्यासी डा. नारायण कंडेल र दिनेश घिमिरेसंग प्रतिष्पर्धामा उत्रिएका गुरुङले १४७९ मत प्राप्त गरि विजय भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष गुरुङले निर्वाचन समिति, मतदाता, शुभचिन्तकहरुलाई धन्यवाद दिंदै एनआरएनए यूकेलाई नयाँ ढंगकासाथ् अझ प्रभावकारी र एकवद्ध बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्ना दुई प्रतिद्वन्दीहरु डा. नारायण कंडेल र दिनेश घिमिरेलाई पनि संगै सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै खादा तथा अबिरले सम्मान गरेका थिए ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सुरेश परियार, रबिन्द्र कंडेल, इन्दिरा खंनिया सपना (महिला), लिलाराम निउरे (नर्दन आयरल्याण्ड), कृष्णप्रसाद भण्डारी (वेल्स), मनिष खत्री (स्कटल्याण्ड) र महासचिवमा गोविन्द शर्मा खरेल निर्वाचित भएका छन् ।
त्यसैगरि सचिवमा तिलक भट्टराई र सरोज थापा, महिला सचिवमा प्रतिभा न्यौपाने, कोषाध्यक्षमा विष्णु खरेल, सहकोषाध्यक्षमा हेम गुरुङ, युवा कोर्डिनेटरमा सुदीप शाही, महिला संयोजकमा रोजिना गुरुङ चयन भएकी छन् । साथै, सदस्यहरुमा नारायण गिरी, पम्फा क्षेत्री (बिनिता बस्नेत), मानबहादुर राई, सन्दीप पुडासैनी, राम थापा, मिलन केसी, गंगाबहादुर क्षेत्री, काशीराज बोहरा र मोहनलाल ओली निर्वाचित भएका छन् ।
त्यस्तै, नर्दन आयरल्याण्ड राज्य समवन्य समितिको अध्यक्षमा बल बहादुर थापा, वेल्स् राज्य परिषद अध्यक्षमा विभुषण श्रेष्ठ, स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा दिवाकर पाण्डे र इंग्ल्याण्ड अध्यक्षमा शम्भुप्रसाद अर्याल चयन भएका छन् ।
साथै, एनआरएनए आइसीसी सदस्यहरुमा लेप्टन चन्द्र बहादुर गुरुङ, दिलरास गुरुङ, सुनिलबाबु खड्का र विष्णु चालिसे निर्वाचित भए ।
शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा एनआरएनए केन्द्रिय अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा. हेमराज शर्मा, आइसीसी उपमहासचिव रामशरण सिंखडा, युरोप उपसंयोजक दयानिधि सापकोटा, एनआरएनए यूकेका निवर्तमान अध्यक्ष सुनिलबाबु खड्का, अध्यक्षका पराजित उम्मेदवारहरु डा. नारायण कंडेल र दिनेश घिमिरे, प्रवासी नेपाली संघ यूकेका अध्यक्ष तुङ्गाभद्र भुषाल, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङ, आइसीसी सदस्य राजेन्द्र पुडासैनी लगायतले सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुको सफल कार्यकालको कामना गर्दै बधाई दिएका थिए ।
निर्वाचन समितिका संयोजक चिरन्जिवी ढकालको संयोजकत्वमा आयोजित उक्त घोषणासभामा निर्वाचन समितिका सदस्य हरि गुरुङले स्वागत मन्तब्य दिएका थिए भने समितिका सदस्य बिपिन निरौलाले कार्यक्रम संचालन गरेका थिए ।
निर्वाचन समितिका संयोजक चिरन्जिवी ढकालले निर्वाचन प्रक्रिया र यसमा अपनाइएको अत्याधुनिक प्रक्रियाको बारेमा प्रष्ट्याएका थिए । एनआरएनए यूकेको निर्वाचनमा पहिलोपटक क्यामेराको सहायतामा फेस भेरिफिकेसन प्रविधिको प्रयोग गरी मतदान गराइएको थियो ।
नयाँ प्रविधिको सहायताबाट सम्पन्न गरिएको अनलाइन मतदानमा झन्डै ९० प्रतिशत अर्थात कुल ३ हजार ७ सय २८ मत खसेको थियो । कुल मतदाता संख्या ४ हजार १ सय ८३ रहेको थियो । सन् २०२३-२५ कार्यकालका लागि कार्यसमितिका अधिकांश पद निर्विरोध भएपनि अध्यक्ष, दुई उपाध्यक्ष, उपाध्यक्ष (स्कटल्याण्ड), महासचिव, सहकोषाध्यक्ष, युवा संयोजक र चार आइसीसी सदस्य पदमा भने निर्वाचन भएको थियो ।
यसैगरी,दुई धारमा विभाजित भएको एन आर एन ए यूकेमा एकदिन अगाडी ११ औं कार्यसमितिका लागि गाहामगरको अध्यक्षतामा नयां नेतृत्व निर्विरोध निर्वाचित भएको छ । शनिबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित समारोहमा अध्यक्ष गाहामगरसहित ५४ निर्वाचित पदाधिकारी तथा सदस्यले शपथ ग्रहण गरेका थिए ।
दुई धारमा विभाजित गैरआवासीय नेपालि संघ यूकेको भावी दिन कुन रुपमा अघि बढ्नेछ भन्ने बारेमा आम बेलायतवासी नेपालीको मात्र नभई करिब सात दर्जन मुलुकमा फैलिएको सिंगो एनआरएनएले नै निकै चासोकासाथ हेरेको छ ।
Your message has been sent

निर्वाचन समितिका संयोजक चिरन्जिवी ढकालको संयोजकत्वमा आयोजित उक्त घोषणासभामा निर्वाचन समितिका सदस्य हरि गुरुङले स्वागत मन्तब्य दिएका थिए भने समितिका सदस्य बिपिन निरौलाले कार्यक्रम संचालन गरेका थिए ।
निर्वाचन समितिका संयोजक चिरन्जिवी ढकालले निर्वाचन प्रक्रिया र यसमा अपनाइएको अत्याधुनिक प्रक्रियाको बारेमा प्रष्ट्याएका थिए । एनआरएनए यूकेको निर्वाचनमा पहिलोपटक क्यामेराको सहायतामा फेस भेरिफिकेसन प्रविधिको प्रयोग गरी मतदान गराइएको थियो । नयाँ प्रविधिको सहायताबाट सम्पन्न गरिएको अनलाइन मतदानमा झन्डै ९० प्रतिशत अर्थात कुल ३ हजार ७ सय २८ मत खसेको थियो । 
कुल मतदाता संख्या ४ हजार १ सय ८३ रहेको थियो । सन् २०२३-२५ कार्यकालका लागि कार्यसमितिका अधिकांश पद निर्विरोध भएपनि अध्यक्ष, दुई उपाध्यक्ष, उपाध्यक्ष (स्कटल्याण्ड), महासचिव, सहकोषाध्यक्ष, युवा संयोजक र चार आइसीसी सदस्य पदमा भने निर्वाचन भएको थियो ।
यसैगरी,दुई धारमा विभाजित भएको एन आर एन ए यूकेमा एकदिन अगाडी ११ औं कार्यसमितिका लागि गाहामगरको अध्यक्षतामा नयां नेतृत्व निर्विरोध निर्वाचित भएको छ । शनिबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित समारोहमा अध्यक्ष गाहामगरसहित ५४ निर्वाचित पदाधिकारी तथा सदस्यले शपथ ग्रहण गरेका थिए ।
दुई धारमा विभाजित गैरआवासीय नेपालि संघ यूकेको भावी दिन कुन रुपमा अघि बढ्नेछ भन्ने बारेमा आम बेलायतवासी नेपालीको मात्र नभई करिब सात दर्जन मुलुकमा फैलिएको सिंगो एनआरएनए ले नै निकै चासोकासाथ हेरेको छ ।






