२०७ औं भानु जयन्ती अनलाइन मार्फत मनाइने

यस बर्ष कोरोना कहरका कारण आदिकविको २०७ औं जन्मजयन्ती अनलाईन मार्फत विश्वव्यापी रूपमा मनाईदै छ ।  एक नेपालीले बोलेको अर्को नेपालीले नबुझ्ने जमानामा संस्कृत रामायणलाई नेपालीमा अनुदित गरि नेपाली नेपालीबीच सहज सम्वादको आरम्भ गर्नु नै आदिकविको महान कार्य हो ।

गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर आजको सिङ्गो नेपाल बनाउनु र आदिकवि आचार्यले संस्कृत रामायणले नेपालीमा अनुदित गरेर भाषाको एकीकरण गर्नु नेपाली इतिहासमा स्वर्णाक्षरले लेखिएको छ । आदिकवि आचार्य नेपाली साहित्य र भाषाको फाँटका त्यस्तै अजर,अमर छन् र रहिरहनेछन् ।

आदिकविले आधुनिक नेपालको भाषा,साहित्यको क्षेत्रमा पुरयाउनु भएको त्यही अतुलनीय योगदानको विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको प्रतिनिधिमूलक संस्था गैर आवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद उच्च सम्मान गर्दछ । प्रवासमा छरिएर जहाँ बसे पनि मूलतः हामी नेपाली हौँ र हामीलाई एकै मालामा उन्ने माध्यम धागो नेपाली भाषा नै हो ।

हाम्रो भाषाको आफ्नै विशिष्ट मौलिकता र पहिचान छ। आधुनिक नेपाली भाषाका प्रथम सम्मानित कवि आदिकवि भानुभक्त आचार्यप्रति हामी सबैको विशिष्ट सम्मान रहेको छ। उहाँको योगदानले आज हाम्रो नेपाली भाषाको मौलिकपनलाई विश्वका कुनाकुनामा पुर्याएको छ । आज जहाँ नेपाली पुगेका छन् । त्यहाँ नेपाली भाषा,साहित्य र संस्कृति पनि सँगै विस्तार भएको छ ।

भाषा र साहित्यलाई भूगोलको कुनै सीमाले छेक्दैन भन्ने तथ्य नै नेपाली भाषाको विस्तार हुँदै गरेको आजको अवस्था हो। यसरी भाषा,साहित्य र संस्कृति जो हाम्रो पहिचानका धरोहर हुन् । यसको विस्तार, प्रबर्द्धन र सम्बर्द्धनका लागि जोडिनु भएका सबैप्रति गैरआवासीय नेपाली संघको तर्फबाट हामी आभार व्यक्त गर्न चाहन्छौं ।

आदिकवि आचार्यको जन्म विक्रम संवत १८७१असार २९ गते तदनुसार सन् १८१४ जुलाई १३ तारिख का दिन तनहुँ जिल्लाको रम्घा भन्ने गाउँमा भएको हो। उहाँले संस्कृत भाषाको रामायणलाई सरल र जनजीब्रोमा झुन्डिने गरी नेपाली भाषामा लिपिवद्ध गरिदिनु भयो।

जसका कारण संस्कृत भाषा नबुझ्नेहरूलाई पनि नेपाली मौलिक भाषामै रामायण पढ्ने र बुझ्ने अवसर प्राप्त भयो। तत्कालीन समयमा यसरी नेपाली भाषामा रामायणलाई सबैको लागि सहज बनाउन सक्नु नै सबैभन्दा महत्वपूर्ण कार्य हो। यस्तो महत्वपूर्ण योगदान गरेर अजर बन्नुभएका आदिकवि आचार्यको जन्म दिनलाई हामी नेपाली भाषीहरुले भानु जयन्तीको रुपमा विशेष कार्यक्रम आयोजना गरि मनाउँदै आइरहेका छौं ।

यसै सन्दर्भमा गैर आवासीय नेपाली संघले आदिकवि भानुभक्त आचार्यको जन्मदिनलाई अन्तर्राष्ट्रिय नेपाली भाषा दिवसका रुपमा मनाउन सुरू गरेको छ । गतवर्ष अमेरिकाको बोष्टनमा सम्पन्न यस संघको प्रथम नेपाली भाषा साहित्य सम्मेलनबाट असार २९ गते भानु जयन्तीको दिनलाई अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस दिनको रूपमा समेत मनाउने र आदिकविको योगदानप्रति सम्मान गर्ने निर्णय गरेको हो ।

यस वर्ष कोभिड १९ को महामारीका कारण परिस्थिति प्रतिकूल रहेता पनि परिषद्को भाषा,साहित्य संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले संचालन गरिरहेको प्रवासी प्रवाह साप्ताहिक अनलाईन साहित्यिक कार्यक्रम मार्फत एक विशेष परिसम्वाद एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरी यो दिवसलाई मनाउने निर्णय गरेको छ ।

संघले नेपाल प्रज्ञा प्रतिष्ठानसँग आपसी समन्वय र सहकार्य गरेर नेपाली भाषा,साहित्यको क्षेत्रमा काम गर्न सधैँ अग्रसर छ र सोही अनुसार हामीले यस कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रतिष्ठानका उपकुलपति श्री डा. जगमान गुरुङज्यूलाई आमन्त्रण गरेका छौं । जसमा देश बिदेशका ख्याती प्राप्त नेपाली भाषा साहित्यसेवी हरु सहभागी हुनुहुनेछ ।

हामी आदिकवि भानुभक्त आचार्यको जन्मदिनलाई भानु जयन्ती एवं अन्तरराष्ट्रिय नेपाली भाषा दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदै उहाँप्रति सम्मान व्यक्त गर्न र नेपाली भाषाको प्रबर्द्धनमा योगदान गर्न गैर आवासीय नेपाली संघका सबै क्षेत्र र राष्ट्रिय समन्वय समिति,देश देशावरमा छरिएर रहेका नेपाली संघ,संस्था र भाषा,साहित्यप्रेमी सबैलाई यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्दछौं ।

आउनुहोस् आधुनिक नेपाली भाषा,साहित्यका अजर व्यक्तित्व आदिकवि आचार्यप्रति सबैले सम्मान गरौँ। हाम्रो पहिचानको आधार भनेको नै हाम्रो भाषा,साहित्य र संस्कृति हो यसको सम्बर्द्धन र प्रबर्द्धनका लागि हातेमालो गरौँ। आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक श्रद्धासुमन ।

हिक्मत थापा अध्यक्ष

भाषा ,साहित्य,संस्कृति तथा सम्पदा समिती

गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित