काठमान्डौ । कोरोना भाइरसको संक्रमण पुष्टि भएका फतुवा विजयपुर ७ निवासी २९ वर्षीय युवाको गएराति मृत्यु भएको छ ।
हृदयरोग बाट ग्रसित ती पुरुषको ललितपुरस्थित स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
लामोसमय देखि हृदय रोगबाट ग्रसित ती युवकलाई केही दिन अघि उपचारको लागि वीरगंजस्थित नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्यमा सुधार नाभएपछी गत शुक्रबार राति एम्बुलेन्सबाट ललितपुरस्थित स्टार अस्पतालमा ल्याइएको थियो ।
उनको मृत्यु कोरोनासंक्रमणका कारण भएपनि स्वास्थ्य मन्त्रालयबाट भने पुष्टि हुन् बाँकी छ । नेपालमा यसघि नै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगिसकेको छ ।