Breaking News
Home > Blog > जन्मदिन मनाउन प्रधानमन्त्री ओली तेह्रथुम जाँदै

जन्मदिन मनाउन प्रधानमन्त्री ओली तेह्रथुम जाँदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिन तेह्रथुमको आठराईमा मनाउने भएका छन् । आठराई ओलीको जन्मथलो हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, प्रधानमन्त्री ओली बिहान ९ बजेपछि तेह्रथुम प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री ओलीको जन्मघर साविकको इवा गाविस २ खानीगाउँ हो । हाल राज्य पुनर्संरचनापछि यो ठाउँ आठराई गाउँपालिका ४ मा पर्दछ । प्रधानमन्त्री ओली आउने खबरले गाउँमा चहलपहल बढेको छ ।

प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी कार्यक्रमको चाँजोपाँजो मिलाउन केही दिन अगाडिदेखि नै आठराईमा छन् ।

प्रधानमन्त्री ओली पाँचथर हुँदै जन्मथलो पुग्ने छन् । प्रधानमन्त्री आएको मौका पारेर आठराईबासीले बिभिन्न कार्यक्रमसमेत आयोजना गरेका छन् । ती कार्यक्रमहरुमा ओली सहभागी हुने छन् ।

प्रमुख स्वकीय सचिव भण्डारीका अनुसार आठराई पुग्नुअघि प्रधानमन्त्री ओली सुरुमा पाँचथरको खानेपानी उदघाटन कार्यक्रममा सहभागी हुने छन् ।

आठराई पुगेपछि प्रधानमन्त्री ओलीले सुकेपोखरी–ढुंगेसाँघु सडकको शिलान्यास र नेपाल बैंक शाखाको उदघाटन गर्नेलगायत कार्यक्रम छ ।

त्यसपछि गाउँले साथीभाइहरुसँग बसेर जन्मदिन मनाउने कार्यक्रम निर्धारण गरिएको भण्डारीले जानकारी दिए ।
अनलाइनखबर

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1