काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले बुधबार शोक विज्ञप्तिमार्फत स्वर्गीय शर्माप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्। साथै उनले लामो अनुभवी तथा निष्ठावान पत्रकार शर्माको निधनबाट पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरे । वरिष्ठ पत्रकार शर्माको बुधबार निधन भएको हो ।





