Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो,
पछिल्लो समय जन्ममिति विवादमा परेका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ ग्रहण गराउने कार्यक्रम सुरु हुनेक्रममा न्यायपरिषद सचिवालयले प्रधान न्यायाधीश पराजुलीलाई पदमा नरहेको पत्र बुझाएको हो । न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपवुरबाट आज प्राप्त पत्रका आधारमा पराजुलीले २१ साउनमा नै अवकास पाएको देखिएको परिषद्ले जनाएको छ । न्यायसेवामा पुर्यारउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना स्वरूप प्रधानन्यायाधीश पराजुलीलाई पत्र बुझाइएको हो ।’ प्रधान न्यायधिस पराजुलीलाई बर्खास्त गर्न माग गर्दै डा. गोविन्द केसीले अनसन समेत बसेका थिए ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।