Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
काठमाडौँ, २९ फागुन – गृह मन्त्रालयले सोमबार युएस बंगला विमान दुर्घटना भई त्यसमा सवार यात्रुको दुःखद निधन भएकामा गहिरो समवेदना प्रकट गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी मृत्यु हुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेको छ । मन्त्रालयले मृतकका परिवार र आफन्तजनमा समवेदना प्रकट गर्दै घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । मन्त्रालयले घटनाको खोज तथा उद्धारमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्गतका निकाय, खोज उद्धार टोलीसहित अग्निनियन्त्रक संस्था, एम्बुलेन्स, अस्पताललाई मानवीय सेवा पु¥याएको भन्दै धन्यवाद व्यक्त गरेको छ । दुर्घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले घटनास्थलको अवलोकन र विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुको अवस्था बुझी उपचार कार्यमा कुनै कमी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका थिए । खोज तथा उद्धारका क्रममा घाइतेलाई उद्धार गरी काठमाडौँ मेडिकल कजेल शिक्षण अस्पताल, नर्भिक अस्पताल, मेडिसिटी अस्पताल, न्यूरो अस्पताल, ग्रान्डी अस्पताल र ओम अस्पताल पु¥याइएको थियो । प्राप्त पछिल्लो विवरणअनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । विमानमा चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार थिए । शव परीक्षणपछि परिवार तथा आफन्तजनलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको पनि मन्त्रालयले जनाएको छ । तस्विर साभार अनलाइन
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।