Home > Blog > पत्रकार महासंघ यूके शाखाको सदस्यता वितरण तथा नविकरणमा विवाद, बैठक निष्कर्ष विहिन

पत्रकार महासंघ यूके शाखाको सदस्यता वितरण तथा नविकरणमा विवाद, बैठक निष्कर्ष विहिन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो, यूके,
लन्डन, नेपाल पत्रकार महासंघ यूके शाखाको आइतबार फार्नबरोमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । महासंघको अधिवेसनको मिति तय गर्ने, नयां सदस्यता वितरण तथा नविकरण जस्ता विषयको टुंगो लगाउन बसेको उक्त बैठकमा नयां सदस्यता वितरण तथा नविकरणमा आपसी सहमति नजुटेपछि कार्यसमिति बैठक कुनै निर्णय गर्न नसकी टुंगिएको छ । महासंघले गत जनवरी ३१ सम्म तोकेको समयसिमामा नयां सदस्यताका लागि ५२ र पुरानो सदस्यता नविकरणका लागि ६२ गरी कुल १ सय १४ आवेदन प्राप्त भएका थिए । लामो छलफलपछि पनि सहमति बन्न नसकेपछि मत विभाजन गरेर निर्णय लिने प्रयास गरिएको थियो । तर बैठकका सहभागी केहि पदाधिकारी तथा सदस्यहरुले विवादकाबीच निर्णय गरेर अघि बढ्न नहुने धारणा राखेपछि बैठकले यसबारे निर्णय लिन सकेको थिएन । सदस्यताको विषयमै सहमति नबनेर बैठक बिना निश्कर्ष टुंगिएपछी अधिवेसनको मिति, निर्वाचन समिति गठन लगायतका अन्य एजेण्डाहरुले बैठकमा प्रवेश समेत पाउन सकेका थिएनन् । २ वर्षका लागि निर्वाचित नरेश खपांगी नेतृत्वको वर्तमान कार्यसमितिको २ वर्ष यहि मार्च ६ तारिखमा पूरा भइसकेको छ । यहि सन्दर्भमा गतसाता महासंघ केन्द्रले शाखालाई एक पत्र नै काटेर केन्द्रको परामर्श र समन्वयमा मात्र प्रक्रिया अघि बढाउन भनिसकेको छ । समयमा अधिवेसन गर्न नसकेको र सदस्यता वितरणको प्रक्रिया पारदर्शी नगरेको भन्दै पत्रकार महासंघ केन्द्रमा शाखाविरुद्ध उजुरी परेपछि केन्द्रले पत्र पठाएको थियो । वर्तमान कार्यसमितिको म्याद पूरा भइसकेको, केन्द्रको परामर्शमा मात्र प्रक्रिया अघि बढाउन भन्दै केन्द्रले पत्र काटेको तथा अधिवेसन हुनुपर्ने समय गुज्रिसक्दा पनि सदस्यता वितरण लगायतका संवेदनशिल विषयमा निर्णय नै हुन नसकेको अवस्थामा शाखाका सदस्यहरुमा अन्योल सिर्जना भएको छ । तेस्तैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेका अध्यक्ष प्रमिला राई र महासचिव खुशी लिम्बुद्वारा पनि पत्रकार महासंघ यूके शाखाको सदस्यता वितरणमा बदनियतपूर्वक र सुनियोजित षडयन्त्र भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा बदनियतपूर्वक र सुनियोजित षडयन्त्रका बिरुद्ध बेलायवासी नेपाली जनजाति पत्रकारहरु र सम्पूर्ण न्यायप्रेमी नेपाली पत्रकारहरु एक हुन फोनिज यूके हार्दिक अपिल गर्दछ उल्लेख छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

३३ किलो सुन तस्करीका मुख्य नाइके ‘गोरे’ पक्राउ

काठमाडौं। ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन्। ३३ …