Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके, अनु अधिकारी
“ईश्वरले तिमीलाई फुर्सदमा हो कि प्रेमले बनाको” बोलको गीतलाई मिन बिस्टले थ्रीडी मा प्रस्तुत गरेका छन् । उक्त गीतमा लक्ष्मी प्रसाद घिमिरेको शब्द अनि दीपा लामा र राम धिमालको स्वर रहेको छ । उक्त गित सुन्नको लागी स्रोताहरुले हेडफोन अनिवार्य लगाउन पर्ने उनले बताएका छ्न । यस गीतमा बाजाहरु विभिन्न स्थानबाट बजेको सुन्न सकिन्छ,।नेपालमा मीन विष्टले पहिलो पल्ट थ्रीडी गीत सार्वजनिक गरेका हुन् । दर्शक स्रोताले उक्त गितलाइ नया स्वादको गित भएको प्रतिक्रिया दिएका छ्न ।आगामी दिनमा संगीतप्रेमी स्रोताको लागी मिन बिस्ट ले एउटा मात्र नभै अझै थुप्रै यस्ता खालका गीत लिएर आउने छ्न भन्ने हाम्रो आशा छ । यो थ्रीडी सांगीतिक यात्राले शिखर चुम्न सकोस र नेपाली गीत संगीतलाई मन पराउने स्रोता दर्शकहरुले यो गीतलाई माया गरेर सुनेर सबै सामु पुर्याएर साथ दिनको लागि सहयोग पुर्याउन मिन बिस्टले सबै मा अनुरोध गर्दै सल्लाह र सुझावको पनि अपेक्ष्या गरेका छन् । दर्शक र स्रोताहरुको निरन्तर साथ् र सहयोग पाएको खण्डमा भविष्यमा यस्तै नयाँ नयाँ प्रस्तुतीहरु दिंदै जाने पनि बिष्टले बताएका छन् ।
गीत सुन्नुहोस ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।